९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

युवा पुस्ताको रोजाई ढाका

कुपन्डोल स्थित मुकु बुटिककी सञ्चालिका हुन मुक्त्ता श्रेष्ठ । मुक्त्ता श्रेष्ठले डिजाइनरको काम गर्न थालेका २४ बर्ष भन्दा बढी भैसक्यो । अन्य संघ संस्थामा ड्रेस डिजाइनरको रुपमा काम गरेकी मुक्त्ताले आफ्नै बुटिक खोलेको भने डेढ बर्ष भयो । ढाका उद्योगी र कामदार संग निकट भएर काम गर्ने मनसायले सुरुवात देखि मुकु बुटिकमा ढाकाको कपडा डिजाइन गरेको उनी बताउँछिन् । उनी भन्छिन्,‘धेरै काम गरे पनि प्रत्यक्ष कामदारसंग निकट भएर काम गर्न र समाजको लागि केहि गरौ भन्ने सोचले ढाकालाई प्राथमिकता दिएकी हु।’

मुकु बुटिकमा अन्य पार्टि वयरका लुगाहरु त पाइन्छन् नै संगसंगै ढाकाबाट तयार गरिएको बिभिन्न डिजाइनका ड्रेस पनि उपलब्ध छ । घरमा बाबाले दिएको नामबाट सञ्चालन गरेकी उनी अहिले ढाकाको लुगाका डिजाइन बनाउन व्यस्त छिन् । उनी भन्छिन्,‘२४ बर्ष अगाडि काम गर्दा ढाकाको बारेमा त्यत्ति जानकारी नै थिएन् तर अहिले भने ढाकाबाट बनाइएका थरी थरीका ड्रेसहरुको माग बढ्दो छ ।’ ढाका प्रति नया पुस्ताको रुची निकै रहेको अनुभब उनी सुनाउँछिन् । उनी भन्छिन्,‘ढाकाको कपडा बाट बनेको टोपी, खास्टो र चौबन्धि चोली भन्ने मात्र थियो तर अहिले त्यहि ढाकाबाट आफ्नो इच्छा अनुसारको ड्रेस लगाउने वातावरण भएको छ।’

ढाकाको लुगाबाट नया डिजाइन बनाउदा निकै खुसी लाग्ने उनी बताउछिन् । ढाकाको माग दिनानुदिन बढ्दै गएको उनी अनुभब सुनाउछिन् । ढाकाको कपडा बुन्ने काम नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा निकै दुख लाग्ने उनी बताउछिन् । उनी भन्छिन्,‘विगतको तुलनामा अहिले ढाकाको कपडाको बजार राम्रो भएको छ, जसले कामदार, उद्योगीलाई उत्साह थपेको छ ।’ समय संगै मानिसमा हाम्रो संस्कृती, हाम्रो मौलिक भेषभुषमा चासो बढेको उनी सुनाउछिन् । उनि भन्छिन्,‘ढाका बुन्ने महिलाहरुमा पहिलाको जस्तो निरासा छैन, ढाकाको माग बढेकाले कामदारको पनि बिकास भएको छ जुन निकै खुसीको कुरा हो।’

नेपाललाई चिनाउने अन्य धेरै सम्पदाहरु भए जस्तै ढाकाको कपडा पनि पहिचानको लागि एक हो । नेपाल मै उत्पादित सिल्क, फाइबर भन्दा ढाकाको कपडाको महत्व बढी रहेको छ ।  ढाकाबाट पूरुषका लागि टोपी, महिलाका लागि चौबन्धि चोली मात्र बन्छ भन्ने मान्यता बिस्तारै गलत साबित हुदै गएको पाइन्छ । शहरमा अचेल ढाकाबाट धेरै थरीका डिजाइनका बस्त्रहरु लगाएको देख्न सकिन्छ ।  विवाह, बर्तवन्ध, पार्टि, स्कुल कलेजका लगायतका अन्य कार्यक्रमहरुमा ढाकाबाट बनाइएको बिभिन्न ड्रेस लगाएको देख्न सकिन्छ । अन्य उमेर समुह भन्दा युवा जमातमा ढाकाको कपडाको मोह अझै बढी देख्न सकिन्छ।

नेपालटारकी रितु राजबहाकले ढाकाको कपडाबाट बनेको लामो वान पिस ड्रेस बनाइन् । प्राइभेट कम्पनीमा कार्यरत उनी अफिसको बार्षिक उत्सबमा ढाकाबाट तयार गरिएको वान पिसमा ढाटिएर गएको उनी बताउछिन् । उनी भन्छिन्,‘ढाकाको कपडा मलाई निकै मन पर्छ, दैनिक भन्दा कहिले काँहि बिशेष कार्यक्रममा ढाका बाट बनाइएको ड्रेस लगाउने गर्छु ।’ ढाकाको कपडा लगाउनदा निकै राम्री देखिएको अनुभव उनी बताउछिन् । समय अनुसारको फेसन फलो गर्ने उनी यसपाली ढाकाबाट बनाइएको डिजाइनर लुगा लगाएको उनीले बताइन् । उनी भन्छिन्,‘पुरै ढाका संगै सिल्क मिसाएर बनाएको ड्रेस निकै मन पर्छ, लगाउदा सालीन महसुस हुन्छ।’

ढाकाको कपडाबाट महिला मात्र नभएर पूरुषको लागि पनि थरीथरीका डिजाइनमा तयार गर्छिन निरु आंङ्बुङ् । नख्खिपोटमा रहेको तेह्रथुमे ढाका बुटिककी सञ्चालीका हुन् संगीता लिम्बु र निरु आंङ्बुङ् । यी दुई संगी मिलेर ढाकाको कपाडाबाट थरीथरीका डिजाइन गर्न थालेको ४ बर्ष भन्दा बढी भैसकेको छ । तेह्रथुमकी निरु अध्यनको लागि काठ्मान्डु आएकी अहिले ढाकाको कपडा बनाउने काम गर्छिन् । ढाकाबाट तयार गरिएका बिभिन्न डिजाइनहरु पुरुषका लागि पनि तयार गरिएको निरु बताउछिन् । उनी भन्छिन्,‘महिलाका लागि मात्र ढाकाबाट बनेका लुगा हुन्छ भन्ने मान्यता छ जुन गलत हो, हामी संग पुरुषको लागि पनि ढाकाबाट बनाइएका बिभिन्न डिजाइनहरु छन् ।’ महिलाका लागि लेहेगां,चोली, वान पिस्, गाउन, सास्ंकृतीक पोसाक, साडी, ब्लाउज रहेको उनी बताउछिन् । उनी भन्छिन्, ‘पुरुषका लागि इस्टकोट, लंग कोट, टाई, ढाका टोपी, गल्बन्धि, भोटो लगायतका कपडाको डिजाइन छ ।’

ढाकाबाट बनाइएको कपडाहरु नेपालमा भन्दा बिदेशमा धेरै माग रहेको निरु बताउँछिन् । उनी भन्छिन्,‘नेपालमा स्वदेशीले भन्दा बिदेशीले हाम्रो सामानलाइ निकै मन पराउनु हुन्छ, हामी बिदेशमा पनि माग अनुसार सामान पठाउने गर्छौ ।’ढाका प्रतिको मोह दिनप्रति दिन बढ्दै गएको देख्न सकिन्छ । पुरै ढाकाबाट बनाइएको लुगा भन्दा फ्युजन गरेर तयार पारिएका ड्रेसहरुको डिमान्ड धेरै रहेको व्यापारी बताउछन् ।गोदावारीमा रहेको युनीकोर्न टेक्स्टाइलका सञ्चालक साहित्यराज श्रेष्ठ बिगत ४ बर्ष देखि आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन् । पुर्खौली पेशा रहेको टेक्सटाइल व्यवसाय आफ्नै सञ्चालन गरेका हुन् । श्रेष्ठले ढाकाको कपडा उत्पादन गर्छन् । सुरुवातमा भन्दा अहिले ढाकाको कपडाको माग राम्रो रहेको उनी बताउछन् ।

उनी भन्छन्,‘सुरुवातमा ढाकाको कपडा उत्पादन कम गर्नु पथ्र्यो, अन्य कपडाले ढाकालाई पछाडि पारेको थियो ।’ ढाकाको कपडा बुन्ने कामदार पाउन निकै गाह्रो रहेको उनी अनुभब सुनाउछन् । भारतबाट कामदार मगाउनु परेको उनी बताउछन् । उनी भन्छन्,‘ढाकाको कपडा बुन्न लाई समय, श्रम धेरै आवश्यक हुने भएकाले काम प्रति कामदारको मनोबल घटेको हो की ।’ ढाकाको कपडाको व्यापार हुनु पर्ने जती नभएको उनी गुनासो गर्छन् ।नेपालीले स्वदेशी उत्पादन प्रति बिगतको समय भन्दा हजिो आज सचेत भएको उनी बताउछन् । ढाकाको कपडा तयार गर्न भारतबाट ल्याइने हुदा असहज भएको उनी दुखेसो पोख्छन् । उनी भन्छन्,‘सरकारबाट ढाका उत्पादनको लागि बिशेष ध्यान दिनु पर्ने देखिन्छ, चोरी निकासी गरि ल्याइएका बस्तुलाई नियन्त्रण गर्नु आवश्यक छ ।’

कृतीपुरका सजल केसी बिद्यार्थी हुन् । मास्टर सकेर बसेका उनी बिभिन्न कार्यक्रममा भाग लिन जान्छन् । कार्यक्रममा जादा उनले ढाकाको टाई लगाउने उनी बताउछन् । ढाकाको कपडा लगाउन मनपराउने उनी स्वदेशी उत्पादन प्रयोग गर्नु पर्ने बताउछन् । उनी भन्छन्,‘ढाकाबाट उत्पादित अहिले जस्तो धेरै डिजाइनहरु थिएनन् तर अहिले धेरै नँया डिजाइन बजारमा छन्, जुन इच्छा अनुसार लगाउन सकिन्छ ।’ ढाकाबाट बनेका कपडा लगाउन रुचि भएका हरुको इच्या पुरा भएको उनी बताउछन् ।

 

प्रकाशित: २१ श्रावण २०७५ ०२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App