देहादि संघका भित्र जो भाव नित्य फुर्दछ ।
‘यो’ ‘त्यो’ ‘म’ आदि जो भन्ने त्यही हो जीव निन्दित ।।
‘सव नै यो चिदाकाश ब्रह्म हो’ दृढनिश्चय ।
भएमा दीप झैँ तेल सकिदा जीव निभ्दछ ।।
आफ्नो महत्व विर्सेर द्विज भै शूद्र बन्दछ ।
भूलले परमात्मानै त्यसरी जीव बन्दछ ।
अज्ञानको जालभित्र परी संकष्ट भोग्दछ ।।
जस्तो बालकले झूठो भूत सत्य बताउँछ ।
त्यस्तै यो जीवले देह मूर्ख भै सत्य ठान्दछ ।।
माटोको हात्तिलाई नै शिशुले सत्य ठान्दछ ।
त्यस्तै शरीर आत्मा हो मूर्खले ठहराउँछ ।।
जानेमा चित्रको सर्प तत्काल भय हट्दछ ।
त्यस्तै चिन्दा जीव सर्प दुखमा दुख भाग्दछ ।।
मालामा सर्प हो भन्ने भ्रम ज्ञान उदाउदा ।
भ्रमको सर्व मालामा जसरी त्यो विलाउँछ ।।
आत्मामा भेद जे जे नै हामीबाट पलाउँछ ।
प्रत्यक् स्वरूपको साक्षात्कारले त्यो हराउँछ ।।
प्रकाशित: २९ वैशाख २०७५ ०३:१२ शनिबार