ढाका–बंगलादेशको राजधानी ढाकाको एक क्याफेमा बन्धक बनाइएका मध्य २० जनाको इस्लामिक स्टेट आइएसले हत्या गरेको बंलादेशी सरकारले बताएको छ।यस बंगलादेशको सेनाले सो क्याफे नियन्त्रण गर्ने क्रममा ६ जना बन्दुकधारी मारिएको र १४ जनाको सकुशल उद्धार गरेकोे थियो । मारिएका बन्धककर्ता मध्य धेरै जापानी र इटालयिन नागरिक रहेको बंगलादेश सरकारले जनाएको छ ।
बंलगादेशी प्रधानमन्त्री शेख हसिनाले एक भिडियो विज्ञप्तिमा यो एकदम जघन्य अपराध भएको बताएकी छिन्। उनले आइएसआइले आफूलाई मुश्लिम बताएपनि उनीहरुको कुनै धर्म नभएको बताइन् । प्रधानमन्त्री हसिनाले आफ्नो सरकार बंगलादेशबाट आतंकको जरो उखाल्नका लागि तत्पर रहेको चेतावनी दिएकी छन्।
सो आक्रमणको जिम्मेवारी आतंकवादी संगठन इस्लामिक स्टेट र अल कायदा दुवै संगठनले लिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। इस्लामिक स्टेटेले आक्रमणको चारघण्टापछि घटनाको जिम्मेवारी लिएको हो। बंगलदेशमा आइएसले यसअघि नै आक्रमणको चेतावनी दिएको थियो।
प्रकाशित: १८ असार २०७३ ०८:२२ शनिबार