७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

किन तात्दैछ पृथ्वी?

बढदैछ काठमाडौंको उच्चतम अधिकतम तापक्रम

सृष्टिको बेला आगोको डल्लोजस्तै तात्तिएको पृथ्वी करोडौं करोड वर्षपछि चिसिएको थियो। तर, प्राकृतिक प्रक्रियाकै कारण पृथ्वी पुनः तात्तिन थालेको वैज्ञानिकहरू बताउँछन्।  यसरी निरन्तर रूपमा पृथ्वी चिसिने र तात्तिने प्रक्रिया चलिरहेको छ। यसलाई ‘ग्लासियल र इन्टर ग्लासियल पेरियड’को रूपमा लिने गरिन्छ।

करिव १५ हजार वर्ष अगाडिदेखि नै पृथ्वी चिसिने क्रम बन्द भएको वैज्ञानिकहरूको भनाइ छ। त्यसपछि पृथ्वी अहिलेसम्म निरन्तर रूपमा तात्दै आइरहेको छ।

सामान्यतया पृथ्वी प्राकृतिक प्रक्रियाबाट मात्र तात्दै आइरहेकोमा पछिल्लो पटक पृथ्वीमा मानव वस्तीको विस्तार र विकास प्रक्रियाको थालनीसँगै मानवीय क्रियाकलापका कारण उत्सर्जित हरितगृह ग्याँस वृद्धिले पृथ्वीको वायुमण्डलीय तापमान बढ्न थालेको छ।

सामान्यतया पृथ्वी प्राकृतिक प्रक्रियाबाट मात्र तात्दै आइरहेकोमा पछिल्लो पटक पृथ्वीमा मानव वस्तीको विस्तार र विकास प्रक्रियाको थालनीसँगै मानवीय क्रियाकलापका कारण उत्सर्जित हरितगृह ग्याँस वृद्धिले पृथ्वीको वायुमण्डलीय तापमान बढ्न थालेको छ।

यसरी हरितगृह ग्याँसको उत्सर्जनले वायुमण्डल तात्ने प्रक्रिया विशेष गरी १८ शताब्दीको अन्त्यतिर सुरू भएको औद्योगिक क्रान्तिपछि देखिन थालेको वैज्ञानिकहरूको ठम्याइ छ। परिणामस्वरूप पृथ्वीको औसत वायुमण्डलीय तापमान अहिले औद्योगिक क्रान्ति अगाडिभन्दा १.१० सेल्सियसले बढेको छ। जसलाई वैज्ञानिकहरूले खतराको संकेत मानेका छन्।

यसै सन्दर्भमा कुरा गर्दा सामान्यतया प्राकृतिक प्रक्रियाको कारण पृथ्वी तात्दै आइरहेकोमा पछिल्लो पटक मानवीय कारणले पनि तात्न थालेको छ। यसो हुँदा यो चिसिन पनि पहिलेभन्दा धेरै समय लाग्ने वैज्ञानिकहरूको भनाइ छ।

पृथ्वीको औसत तापमान वृद्धिले मानव जीवनका साथै पर्यावरणमा नकारात्मक प्रभाव पर्ने निश्चित छ। त्यसैले यसलाई नियन्त्रण गर्न विश्वको ध्यान केन्द्रित हुन जरुरी भएको बताउँछन्। विश्वमा फैलिंदै गरेको जलवायु परिवर्तनको प्रभाव र यससँग सम्बन्धित विविध समस्या तह लगाउने उद्देश्यले सन् १९७७ मा क्योटो प्रोटोकल अन्तर्राष्टिय सन्धि गरेर विश्वमा वायुमण्डलीय तापमान बढाउने हरितगृह ग्याँसको उत्सर्जनमा कमी ल्याउने निर्णय गरेको थियो।

त्यस्तै सन् २०१५ मा पेरिस सहमति गरी वैश्चिक तापमान वृद्धि औद्योगिक क्रान्ति सुरू हुनु अगाडिको अवस्थाभन्दा १ं.५ डिग्री सेल्सियसले नबढाउने गरी नियन्त्रणमा राख्ने समझदारी भएको थियो।

तर यसो भनिरहँदा पृथ्वीको औसत वायुमण्डलीय तापमान भने आफ्नै रफ्तारमा बढिरहेको अध्ययनले देखाएको छ। यहीअनुरूप तापमान बढ्दै गएमा सन् २०५० सम्ममा पृथ्वीको औसत वायुमण्डयीय तापमान १.५ डिग्री सेल्सियस नाघ्ने र सन् २१०० मा २ देखि ४ डिग्री सेल्सियसले बढ्ने सम्भावना रहेको बताउँछन्। जसको असर समस्त प्राणीका लागि भयावह हुने निश्चित छ।

पृथ्वीको औसत वायुमण्डलीय तापमान भने आफ्नै रफ्तारमा बढिरहेको अध्ययनले देखाएको छ। यहीअनुरूप तापमान बढ्दै गएमा सन् २०५० सम्ममा पृथ्वीको औसत वायुमण्डयीय तापमान १.५ डिग्री सेल्सियस नाघ्ने र सन् २१०० मा २ देखि ४ डिग्री सेल्सियसले बढ्ने सम्भावना रहेको बताउँछन्। जसको असर समस्त प्राणीका लागि भयावह हुने निश्चित छ।

सन् २०२२ को अत्यधिक गर्मी

पृथ्वी एकातिर मानवीय क्रियाकलापबाट उत्सर्जित हरितगृह ग्याँसका कारण तातिरहेको छ भने अर्कातिर पृथ्वीमा बेलाबखत देखापर्ने विभिन्न प्राकृतिक प्रक्रियाले अस्वाभाविक रूपमा वायुमण्डलीय तापमान बढेर  अत्यधिक गर्मी महसुस हुन थालेको छ। यस वर्ष सन् २०२२ को गर्मीलाई यस्तै एउटा उदाहरणको रूपमा लिन सकिन्छ।  

यस वर्ष सन् २०२२ को गर्मी यामको शुरूवातसँगै मार्चमा दक्षिण एसियाको विभिन्न स्थानमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भयो। उक्त महिनामा असह्य गर्मीको कारण भारतको विभिन्न स्थानमा लू चलेको थियो भने अस्वाभाविक रूपले तापमान बढेको थियो। जसले गर्दा सन् २०२२ को मार्च भारतमा १२२ वर्षकै सबभन्दा बढी गर्र्मी मार्च महिना ठहरिएको भारत मौसम विभागले जनाएको छ। यसभन्दा पहिला सन् २०१० को मार्च अत्यधिक गर्मी मार्च उल्लेख भएको थियो।

त्यसैगरी युरोप महादेशको विभिन्न स्थानमा पनि यस वर्ष सन् २०२२ को गर्मी यामको शुरूवातसँगै अस्वाभाविक रूपले तातो हावा चल्नुको साथै अत्यधिक गर्मी तथा खडेरी पर्नाले जनजीवन कष्टकर बनेको छ। यस वर्ष यसरी गर्मी कसरी भयो? यो चर्चाको विषय बनेको छ।

वैज्ञानिक अध्ययन अनुसार दक्षिण एसियाको भारत लगायत विभिन्न स्थानमा यस वर्ष अत्यधिक गर्मी हुनुकोे प्रमुख कारण गर्मी यामको शुरूवातसँगै उत्तर पश्चिम भारतको विभिन्न स्थानमा उच्च वायुमण्डलीय चाप केन्द्र खडा हुनुलाई लिइएको छ। 

साथै यस वर्ष कमजोर पश्चिम वायुको प्रभावको कारण मार्चमा मनसुन पूर्वाद्धको वर्षा भारतमा अत्यन्त न्यून हुन पुग्यो। जसले गर्दा सुक्खा मौसमको साथै तेजिलो घामले वायुमण्डलीय तापमानमा वृद्धि भई लू चलेको अध्ययनले देखाएको छ।

यस वर्ष कमजोर पश्चिम वायुको प्रभावको कारण मार्चमा मनसुन पूर्वाद्धको वर्षा भारतमा अत्यन्त न्यून हुन पुग्यो। जसले गर्दा सुक्खा मौसमको साथै तेजिलो घामले वायुमण्डलीय तापमानमा वृद्धि भई लू चलेको अध्ययनले देखाएको छ।

त्यस्तै युरोपको विभिन्न स्थानमा अत्यधिक गर्मी हुनाले पनि पृथ्वीको उत्तरी गोलाद्र्धको माथिल्लो भागमा स्थापना भएको उच्च वायुमण्डलीय चाप केन्द्र भएको वैज्ञानिकहरू बताउँछन्।

सामान्यतया पृथ्वीको उत्तरी गोलाद्र्धको माथिल्लो भागमा अत्यन्त तेजले बहने एक किसिमको हावाको खोला हुने गर्छ जसलाई ‘जेट स्ट्रिम’ भनिन्छ। सयौं किलोमिटर चौडाइ र ३/४ किलोमिटर उचाइको यो हावाको खोला पश्चिम दिशाबाट पूर्वतिर तेजले बहँदै पृथ्वीको फन्को लगाउने गर्छ।

यो हावाको खोला सिधा बहन खोजे पनि नागवेली आकारमा ढल्दै जान्छ र यो जत्तिजत्ति नागवेली आकारमा बढी ढल्कंदै जान्छ यसले मौसममा त्यत्तित्यत्ति नै बदलाव ल्याउने गर्छ। अर्थात् यसको बढ्दो नागवेली आकारले ती क्षेत्रको विभिन्न स्थानमा उच्च वायुमण्डलीय चापमान खडा हुन थाल्छ। 

उच्च वायुमण्डलीय चाप केन्द्र भएको ठाउमा सुक्खा मौसमको साथै तापमान बढी हुने गर्छ साथै उच्च चाप केन्द्रले तल भूमध्य रेखाबाट माथितिर बहने तातो हावालाई एकत्रित गरी पुनः तलतिर धकेलेर पठाउने गर्छ। जसले गर्दा पृथ्वीको विभिन्न स्थानमा तातो हावाको मुस्लो चल्न थाल्छ र अत्यधिक गर्मी हुन थाल्छ।

उच्च वायुमण्डलीय चाप केन्द्र भएको ठाउमा सुक्खा मौसमको साथै तापमान बढी हुने गर्छ साथै उच्च चाप केन्द्रले तल भूमध्य रेखाबाट माथितिर बहने तातो हावालाई एकत्रित गरी पुनः तलतिर धकेलेर पठाउने गर्छ। जसले गर्दा पृथ्वीको विभिन्न स्थानमा तातो हावाको मुस्लो चल्न थाल्छ र अत्यधिक गर्मी हुन थाल्छ।

बाह्रै महिना चल्ने यस हावाको खोलाको प्रभाव अनौठो रूपमा कुनै वर्ष सक्रिय हुने गर्छ भने कुनै वर्ष कमजोर रहन्छ। यस वर्ष यसको सक्रियताले अत्यधिक गर्मी महसुस भएको अध्ययनले देखाएको छ। यही हावाको खोलाले सिर्जित उच्च वायुमण्डलीय चाप केन्द्रले दक्षिण एसियाको विभिन्न स्थानमा खडा भएको उच्च चाप केन्द्रलाई पनि झन् मजबुत पारी गर्मी बढाउन सहयोग गरेको वैज्ञानिकहरू बताउँछन्। यो प्रक्रिया जाडो यामको शुरूवातसँगै हराएर जान्छ।

काठमाडौंमा गर्मी बढ्दै

वैश्चिक तापमान वृद्धिसँगै नेपालको औसत वार्षिक अधिकतम तापमान वृद्धि दर प्रतिवर्ष ०.०५६ डिग्री सेल्सियस रहेको जल तथा मौसम विभागबाट प्रकाशित रिपोर्टमा उल्लेख छ। यो वृद्धि दर तराईमा भन्दा हिमालमा बढी छ। तराईमा ०.०२१ डिग्री सेल्सियस छ भने हिमालमा ०.०८६ डिग्री सेल्सिय छ। यसले हिमाल बढ्दो तापमानको मारमा परेको स्पष्ट हुन्छ।

अध्ययनकै क्रम नेपालको विभिन्न स्थानमा गर्मी यामको बेला अधिकतम तापक्रम र बढी गर्मी मौसमको दिन बढ्न थालेको देखिएको छ। उदाहरणका लागि राजधानी काठमाडौंमा सन् १९८० सम्म अधिकतम तापक्रम ३३ डिग्री सेल्सियसभन्दा तल थियो। तर, सन् १९८७ पछि ३४ डिग्री सेल्सियस नाघ्न थाल्यो। अहिलेसम्मको काठमाडौंको उच्चतम अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस पुगेको तथ्यांकले देखाएको छ र काठमाडौंमा गर्मी यामको बेला प्रत्येक वर्ष ३४, ३५ डिग्री सेल्सियस पुग्ने दिन बढ्न थालेको छ। यसले गर्मी बढेको स्पष्ट हुन्छ।

प्रकाशित: १३ श्रावण २०७९ १२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App