९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

गठबन्धनको बहस

स्थानीय तह निर्वाचन मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसका अधिकांश नेता सार्वजनिक मञ्च तथा सामाजिक सञ्जालमा दुई विषयमा मात्र चर्चा गर्ने गर्दैछन्।

पहिलो कम्युनिस्टसँग गठबन्धन, दोस्रो पार्टीभित्र अन्तर्घात।निर्वाचनमा हुने पराजयलाई अन्तर्घातको कारण भन्ने कांग्रेसको पुरानै थेगो हो। यो शब्द बारम्बारदोहोराएरआमकार्यकर्ताको मनमा मन्द विष घुसाइँदैछ भन्ने कुरा नेतृत्वले हेक्का राखेको पाइँदैन। यसमा छुट्टै चर्चा गर्न उपयुक्त हुँदा अहिले गठबन्धनको मात्र चर्चा गरौँ।

राजनीतिक पार्टी आफ्नो बिचाररसिद्धान्तअनुसारको कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धतास्वरूप घोषणापत्र लिएरजनतामा जान्छन्। फरक फरक पार्टीका फरक फरक राजनीतिक तथा आर्थिक लक्ष्य हुन्छन्। निर्वाचनमा आफ्ना कार्यक्रम लिएरजनतामा जानु रजनमतबाट अनुमोदित भइ सरकारसञ्चालन गर्ने अवसरआयो भने घोषणापत्रअनुसारका काम गर्नु पार्टीहरूको कर्तव्य हो।

आफ्नो नीति, सिद्धान्त रकार्यक्रम लागु गर्न पार्टीले आफ्नो बलमा निर्वाचन जित्नुपर्छ। जनताबाट सरकारसञ्चालन गर्न पुग्ने गरी अनुमोदित हुन सकिएन भने आफ्ना कमजोरी सुधारगर्नु तथा आफूले प्राप्त गरेको जनमतलाई संरक्षण गर्दै पार्टीको प्रभाव विस्तारगर्न लाग्नु रआगामी निर्वाचनमा विजय प्राप्त गर्न प्रयत्न गर्नु पार्टीहरूको नियमित काम हो । यो उद्देश्यमा दृढ रही लक्ष्य प्राप्त गर्न निरन्तरलाग्ने हो भने फरक विचारहुने अर्को पार्टीसँग चुनाबी तालमेल वा गठबन्धन गर्नुहुँदैन। यसका लागि धैर्य रलगनशीलता त चाहिन्छ नै, तत्काल सत्ताको मोह पनि राख्नुहुँदैन।

तरपनि गठबन्धन भएका छन् रहुन्छन्। एकल पार्टी बहुमत आउन नसक्ने स्थितिका कारण चुनावपूर्व या चुनावपश्चात गठबन्धन बन्दछन्। कुनै अवाञ्छित अर्थात व्यवस्था तथा समाजलाई घातक शक्तिलाई रोक्नका लागि पनि गठबन्धन बन्दछन्। पार्टी नेता तथा कार्यकर्ताहरूको सत्तामा जाने तीव्र लालसाका कारण पनि गठबन्धन हुने गर्छन्।

आफ्नै सामथ्र्यमा निर्वाचन जित्ने क्षमता नभएका रसत्ता बाहिरबस्ने धैर्य रआत्मविश्वास पनि नभएका सत्तालोलुप पार्टीले पनि चुनावी गठबन्धन गर्छन्। सत्ताका लागिमात्र गठबन्धन गरिएकाले यस्ता गठबन्धन प्रायः टिकाउ हुँदैनन्। यसको ताजा उदाहरण २०७४ को कम्युनिस्ट गठबन्धन नै छ। राष्ट्रिय आवश्यकता पूर्तिको लक्ष्यले गठबन्धन भएको नभै सत्ता स्वार्थका कारणमात्र भएकाले स्वार्थको संघर्षका कारण उक्त गठबन्धन टुटेरअहिले तीन चिरामा छ । यस्ता गठबन्धनले देशलाई फाइदा हुँदैन, नोक्सानीमात्र हुन्छ।

गठबन्धन कुनै रणनीतिअन्तर्गत पनि हुने गर्छ। भर्खरै स्थापित हुँदै गरेको पार्टी जसको देशव्यापी जनाधारबनिसकेको हुँदैन ती पार्टीले आफ्नो जनाधारविस्तारका लागि अन्य पार्टीसँग गठबन्धन गरी निर्वाचन लड्छन्। यसले कमजोररहेका पार्टीहरूको संगठन रजनाधारविस्तारमा मद्दत पुर्‍याउँछ।

त्यस्तै देशव्यापी संगठन विस्तारभएको कुनै पार्टी जसले विविध कारणवस आफ्नो जनमत खुम्चाएको छ रकार्यकर्तामा हारको मानसिकता छ,त्यस्तो पार्टीले जनता तथा कार्यकर्तामा आत्मविश्वास बढाउन तथा खुम्चिएको जनमत विस्तारगर्ने उद्देश्यले केही साना पार्टीसँग तालमेल गर्न सक्दछन्। यस्तो रणनीतिक तालमेल पार्टीहरूको धरातलीय आवश्यकताका आधारमा हुन्छ।

नेपाली कांग्रेसका लागि अहिलेको आवश्यकता के हो? विगतमा नेपाली कांग्रेस एक्लै चुनाव लड्यो।कुनै निर्वाचनमा बहुमत प्राप्त भयो,कुनैमा भएन। कांग्रेसको जनमत पहिले भन्दा धेरै विस्तारनभएको भए तापनि खुम्चिएको पनि छैन। तापनि २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारअत्यन्त अल्पसंख्यामा विजयी बने। अहिले परिस्थिति थोरै बदलिएको छ। विगतमा जस्तै एक्लै निर्वाचनको सामना गर्दा पनि २०७४ को स्थितिमा सुधारहुने सम्भावना छ।

तरप्रश्न कति सिट जित्न सक्छ भन्नेमात्र होइन।प्रश्न यो हो कि २०७८ असारमा किन गठबन्धन गरिएको थियो? त्यो समयमा गठबन्धन गरी सरकारमा जानुपर्ने आवश्यकता नेपाली कांग्रेसलाई किन पर्‍यो? २०७८ असारमा जुन समस्या वा परिस्थितिले गठबन्धन गर्न विवश बनाएको थियो के अहिले त्यो समस्याको पूरै निराकरण भएको छ? अर्को महत्वपूर्ण कुरा २०७८ असारमा गठबन्धन गरी सरकारको नेतृत्व गरेको कारणले केही दायित्व सिर्जना भएका छन्। अहिले त्यो समयमा सिर्जित दायित्वको निर्वहन भैसकेको छ कि बाँकी छ? गठबन्धन गर्ने कि नगर्ने भन्ने निर्णय गर्नु भन्दा पहिले यी प्रश्नको तार्किक रव्यावहारिक उत्तरनेपाली कांग्रेसले दिनुपर्दछ।

तत्कालीन सरकारले राज्यका सबै महत्वपूर्ण अंगमा आक्रमण गरी संविधान तथा लोकतन्त्रलाई क्षतविक्षत पुर्‍याएको रकुशासनले देशको प्रगति अवरुद्ध भएकाले सचेत नागरिकहरूको विरोध रदबाबका कारण उक्त सरकारबिस्थापन गर्न वर्तमान गठबन्धन बनेको हो।२०७८ असारमा सरकारबाट बिस्थापित हुन पुगेको एमाले आफ्ना कमजोरीलाई स्वीकारगरी सच्चिनुको बदला प्रतिशोध लिएरबसेको छ। राज्यका सम्मानित अंग तथा ती अंगका सम्मानित व्यक्तिमाथि अपशब्द प्रयोग गर्दै अपमान गरेको दिनहुँ सुनिन्छ।

प्रमुख प्रतिपक्षले निर्वाह गर्नुपर्ने भूमिकाको जिम्मेवारीका साथ निर्वाह नगरी व्यवस्थापिका,न्यायपालिकालाई कमजोरबनाउने अभियानमा छ। नेकपा एमालेकै गैरजिम्मेवारगतिविधिका कारण उग्रदक्षिणपन्थीहरू शिरउठाउँदैछन्। आगामी निर्वाचनमा एमालेले उग्रदक्षिणपन्थीहरूसँग तालमेल गर्‍यो भने आश्चर्य मान्नुपर्ने छैन। यस्तो अवस्थामा लोकतान्त्रिक चरित्र रसंस्कारनभएको रत्यसको अभ्यास गर्न पनि अनिच्छुक एमालेको वर्तमान नेतृत्वलाई अनुकूल हुने गरी नेपाली कांग्रेस बहकिने हो भने पुनः२०७४ साल नदोहोरिएला भन्न सकिन्न।

भनिन्छ, कम्युनिस्टले कांग्रेसलाई भोट हाल्दैनन्। यो अर्धसत्य हो। गठबन्धनका दलहरूसँग तालमेल गर्दा प्राकृतिक तालमेल हुनुपर्दछ। गठबन्धनभित्रका दलहरूमध्ये कसैले कुनै स्थानमा एक्लै चुनाव जित्न सक्दछ भने त्यहाँ अर्को पक्षले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नुपर्दछ। जनमत एक पक्षको तरतालमेल गर्दा अर्को पक्षको उम्मेदवारी भयो भने आमकार्यकर्तामा नकारात्मक असरपर्दछ यस्तो अप्राकृतिक तालमेलले राम्रो परिणाम दिँदैन।

विगतको अनुभवले पनि बताउँछ कि जहाँ जहाँ धरातलीय वास्तविकताअनुसारको तालमेल गरियो, त्यहाँ कार्यकर्ताले पनि सहज स्वीकारगरे रपरिणाम पनि अनुकूल आयो। जहाँ जमिनी यथार्थता भन्दा विपरित अप्राकृतिक तालमेल गरियो त्यहाँ विद्रोह भयो। तसर्थ तालमेल गर्दा जमिनी वास्तविकताअनुसारगरियो भने सबैलाई स्वीकारगर्न सजिलो हुन्छ रअनुकूल परिणाम ल्याउन मद्दत गर्दछ।

अहिले स्थानीय निकायको निर्वाचनको संघारमा छौँ। हामीले पालिकास्तरीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमितिसमेतको अधिवेशन सम्पन्न गरी कार्यसमितिले काम गरिरहेकाछन्। स्थानीय सरकारका प्रतिनिधिहरूको उम्मेदवारीको निर्णय गर्ने अधिकारपनि विधानले जिल्ला समिति तथा प्रदेश समितिलाई दिएको छ। स्थानीयतहका कुन पालिकामा आफ्नो पार्टीको स्थिति कस्तो छ रअन्य पार्टीको अवस्था के छ भन्ने कुरा केन्द्रलाई भन्दा जिल्ला, क्षेत्र तथा गाउँ नगरपालिकाका समितिलाई ज्ञान हुन्छ।

विधानले निर्णय गर्ने अधिकारजिल्ला तथा प्रदेशलाई दिएको रधरातलीय यथार्थता पनि गाउँ,नगर, जिल्ला समितिलाई नै थाहा हुने हुँदा तालमेल गर्ने वा नगर्ने जिम्मा स्थानीय कमिटीलाई नै दिने रकेन्द्रले सहजीकरण गर्नु उत्तम हुन्छ। अहिले अधिवेशनको समय होइन। लोकप्रियतावादी भाषा बोल्नु जरुरी छैन। यो समयमा केन्द्रीय नेतृत्वले कार्यकर्ता भेला गरेरदन्तबझान गर्दा उहाँहरूलाई अभिव्यक्ति सन्तुष्टि त होला, निर्वाचनमा कांग्रेसलाई कुनै उपलब्धि दिँदैन।संघीय संसद् रप्रादेशिक संसद्को निर्वाचनमा के गर्नुपर्ने हो, त्यो तत्समयमा नै अवस्था हेरेरकेन्द्रले निर्णय गर्ने हो,गर्ला नै। अहिलेको निर्वाचनका लागि आफ्नो आवश्यकताअनुसारतालमेल गर्ने वा नगर्ने जिम्मा स्थानीय समितिलाई नै दिने नीतिगत निर्णय केन्द्रले गर्नु उत्तम हुन्छ।

२०७८ असारमा पाँच दलीय गठबन्धन गरी नेपाली कांग्रेसले गठबन्धन सरकारको नेतृत्व गरेको छ। नेपाली कांग्रेसले भन्दै आएको छ, यो प्रतिगमनका विरुद्धमा गरिएको गठबन्धन हो। यसमा कांग्रेसभित्र विवाद छैन, दुईमत छैन। प्रतिगमनकारी शक्ति अग्रगमनलाई उल्टाउन अहिले पनि सक्रिय छ। यदि प्रतिगमनकारी शक्ति सक्रिय छ रलोकतन्त्र, संविधान,संघीयता रगणतन्त्रलाई कमजोरबनाउने खतरा यथावत छ भन्ने स्वीकारिन्छ भने गठबन्धनको औचित्य समाप्त भएको छैन। यो अवस्थामा धरातलीय वास्तविकताअनुसारको तालमेलको पक्षमा सबै लाग्नु श्रेयष्करहुन्छ। यसमा अन्यथा बोल्नु विषय नपाएरगरिएको कृत्रिम विवाद जस्तो देखिन्छ।

कम्युनिस्टसँग तालमेल गर्नुहुँदैन भन्ने पक्षमा बोल्दा बिपी कोइरालालाई उद्धृत गर्ने गरिन्छ।निश्चय नै बिपी कोइराला कम्युनिस्टहरूसँग संयुक्त आन्दोलनको पक्षमा हुनुहुन्नथ्यो। नेपाली कांग्रेसले आफ्नै सामथ्र्यमा प्रजातन्त्र पुनर्बहाली गर्नुपर्दछ भन्ने मान्यता बिपीले राख्नुहुन्थ्यो। तरबिपीपछि हामीले धैर्य गुमायौँ या हामीमा एक्लै प्रजातन्त्र पुनर्बहाली गर्न सक्छौँ भन्ने आत्मविश्वास रहेन। कम्युनिस्टसँग मिलेर, उनीहरूलाई मिलाइदिएरआन्दोलन गर्‍यौँ।

२०६२–६३ मा पनि संयुक्त आन्दोलन गर्‍यौँ। बिपीको देहावसानपश्चात नेपाली कांग्रेसले आफ्नो सामथ्र्यमा प्रजातन्त्रको स्थापना रसंबर्धन गर्नुपर्दछ भन्ने उहाँको मान्यता त्यागेका हामी अहिले कम्युनिस्टसँग तालमेल गर्नुहुँदैन भन्नुको के अर्थ बाँकी रहन्छ र? हो, विगतमा हामीले गल्ती गर्‍यौँ, अब ती गल्ती दोहोर्‍याउँदैनौँ। हामी नेपाली कांग्रेसलाई बलियो बनाइ पुरानो धरातल प्राप्त गर्दछौँ भन्न सक्दछौँ। तरत्यसका लागि हामी ५–१० वर्ष सत्ता नभए पनि बाहिरबस्छौँ, बस्न सक्छौँ, लोकतन्त्र रक्षाका लागि निरन्तरसंघर्ष गर्दछौँ भनी संकल्प गर्न सक्नुपर्दछ।

पार्टीका निर्वाचन होस् या आमनिर्वाचन होस्, लड्नका लागि भूमाफिया, स्वास्थ्य माफिया, शिक्षा माफिया आदिसँग सहयोग लिने रतिनैको हित साधनामा तल्लिन रहने हाम्रा नेतृत्वगण रयो कार्यमा सेतु बन्ने परावलम्बित युवा नेतृत्वले के यस्तो संकल्प लिन रत्यसको कार्यान्वयनमा इमान्दाररहन सक्लान्?

प्रकाशित: १४ चैत्र २०७८ ०२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App