१७ वैशाख २०८१ सोमबार
image/svg+xml
विचार

लकडाउन: जुम्सो कि सक्रिय?

संसार कोरोनाको भूमरीमा अड्किएको छ । कोरोनाभाइरस (कोभिड–१९) को महामारीले युरोप आहत छ । हाम्रो सबैभन्दा बढी आवतजावत र कारोबार हुने देश भारतमा कोभिड बिरामीको संख्या रफ्तारमा बढ्दैछ । यो हाम्रानिम्ति सबैभन्दा बढी चिन्ता तथा सरोकारको विषय हो । सरकारले उठाएका कदमखास गरेर लकडाउन, क्वारेन्टाइन, विदेशबाट आएकाशंकास्पद व्यक्तिहरूमा कोरोना संक्रमण भए÷नभएको पुष्टि गर्न विभित्र परीक्षण जस्ताकार्यले हालसम्म नेपालमा १२जनामाकोभिड–१९ निदानभएको छ । त्यसमध्ये एउटा बिरामीमा विदेशबाट आएको नेपालीबाटै रोग सरेको एकिन भएपछि संक्रमणले दोस्रो चरणको पदवीपायो र आमजनमानसमा जोखिम अझ बढ्न सक्ने चिन्ताथप्यो ।

कतिलामो समय संसार कोरोनाको असरबाट पीडित हुनेछ त्यो अहिल्यै भनिहाल्नज्यादै छिटो हुनेछ । सर्वप्रथमविश्वलाई कोभिड–१९को महामारीबाट नै छुटकारा पाउनु छ । त्यसको समयावधिपनि अहिले एकिनभत्र सक्ने अवस्था छैन । जब संसार कोरोना संक्रमणबाट मुक्तभयो भत्रे घोषणा विश्व स्वास्थ्य सङ्घले गर्नेछ, त्यो क्षण सम्पूर्ण मानवकानिम्ति यो शताब्दीकै सबैभन्दा ठूलो आनन्दोत्सव हुनेछ । मानौँ,मानवले अघोषित शान्तिकालको कोरोना विश्वयुद्ध तेस्रोमाजीतहासिलग-यो । एकछिन त्यसले संसारका सबै चाडपर्व भन्दा ठूलो हौसला र खुसीप्रदान गर्नेछ । त्यसपछि मानिस भर्खरै होसमाफिरेझैँआफ्नो आर्थिक अवस्थाको समीक्षागर्न बस्नेछ । कोरोनापूर्वकालको आफ्नाकमी÷कमजोरी संशोधनगर्दै ऊ अर्कै ढङ्गले अगाडि लम्कनेछ ।

आजको आवश्यकता के हो ?
कोभिड–१९ नेपालमा उम्रेको संक्रमण होइन । यदि कोही कोरोना संक्रमित व्यक्तिबाट अर्कोमा भाइरस सर्ने वातावरण छैन भने यो रोग अरुमा देखिने हुँदैन । त्यसैले यो रोगबाट मुक्ति पाउन बाहिरबाट संक्रमित व्यक्ति भित्रनदिनु भएन । प्रवेश गरिसकेका तर रोगको लक्षण भएकावा बिनालक्षणै शरीरमा कोरोनाको भाइरस सञ्चय गरेर रहेका व्यक्तिहरूको पहिचान अहिलेको सबैभन्दा ठूलो चासोको विषय हो । परीक्षण गर्ने साधनहरू देश भित्रिएभन्दैमा एक÷दुई दिनमै संलग्न स्वास्थ्यकर्मीहरूले सबै संक्रमितको पहिचान गर्न सक्छन् भत्रु निश्छलता मात्र हुन्छ । 

जब संसार कोरोना संक्रमणबाट मुक्तभयो भत्रे घोषणा विश्व स्वास्थ्य सङ्घले गर्नेछ, त्यो क्षण सम्पूर्ण मानवकानिम्ति यो शताब्दीकै सबैभन्दा ठूलो आनन्दोत्सव हुनेछ ।

यो क्षेत्रमा एपिडेमियोलोजी तथा प्रयोगशालाले गरेको उपलब्धिको सराहना गर्नुपर्छ । जैविक सुरक्षा स्तर २ को भेटेरिनरी प्रयोगशाला र त्यहाँभएको पिसिआर मेसिनप्रयोग नगरेको समाचार पनि आइरहेछ । यसले हाम्रो युद्धस्तरमा काम गर्नुपर्ने बेलामापनि यो छैन, त्यो छैन भत्रे बहानामै धेरै अलमलिने मानसिकताको चिनारी दिन्छ ।

वर्तमान समयमा सुदूरपश्चिममा संक्रमितहरूको पहिचानगर्नमा सबैले सक्रियता देखाउनुपर्छ । यसमा महत्वपूर्ण भूमिका स्थानीय सरकारले खेल्नुपर्छ । स्थानीय तथा प्रदेश सरकारहरूकानिम्ति यो आफ्नो कार्य कुशलता देखाउने तथा देशलाई अत्यन्त खाँचो भएका इमान्दार, अनुशासित र जनताप्रति समर्पित मार्गदर्शकहरूको जमात तयार गर्ने सुवर्ण मौका पनि हो । यस्तै असामान्य परिस्थितिले नै हो कार्यक्षेत्रमा अगुवा र नेता जन्माउने ।

सम्भाव्य संक्रमित पहिचान गर्ने काम देशव्यापीरूपमै हुनुपर्छ । संक्रमितको खोजी प्रत्येक वडा, टोल र घरमा हुनुपर्छ । प्रत्येक नागरिकले आफ्नो घरभित्र वा छिमेकमा केही शंकास्पद संक्रमित पहिचान गरेर सूचना दिने र उसलाई विशेष क्वारेन्टाइनमा राख्नुपर्छ । आफू र समाजलाई सुरक्षित राख्ने यो एकमात्र उत्तम तरिका हो । ज्वरो आएका, सुक्खाखोकी भएका, सास फेर्न गाह्रो हुने, झाडा÷पखाला लागेका, जिब्रोमा स्वाद हराएका र औधि कमजोरी अनुभव गर्ने बिरामीहरू कोभिड–१९ संक्रमित हुन सक्ने भएकाले पूर्ण एकान्तबास गराउने र चिकित्सकको सल्लाह बमोजिम गर्ने गर्नुपर्छ ।

बृहत् सामाजिक दूरी अपनाउनै पर्नुअर्को महत्वपूर्ण कुरो हो । अभिवादन गर्दा हात नमिलाउने बानी विकास गर्नुपर्छ । हातको माध्यमबाट यो संक्रमण नसरोस् भत्र साबुनपानीले मिचीमिची हात धुनु राम्रो उपाय हो । मुख, नाक, आँखा र अनुहार हातले छुनु हुन्न । कोरोना भाइरसविरुद्ध अपनाइने यी सतर्कता भविष्यमापनि सधैँ अपनाउने बानी पार्ने हो भने यसले अरु संक्रमणबाट पनि कम प्रभावित हुनेछौँ हामी ।

के कोरोना विश्वयुद्ध अरु बिरामीले पालो कुरेरै हेर्ने ?
कोभिड–१९को सन्त्रासले गर्दा अरुहजारौँ बिरामी,मानौँआफ्नो उपचारको पालो पर्खि बसेका छन् । हालप्रायःआकस्मिक बिरामीले मात्र उपचार पाएका छन् । त्यो पनि त्रासकै बीच र पूर्ण सन्तोष नहुने गरी । सयौँ बिरामी टेलिफोनबाट आफ्नो पुरानो पुर्जाबाट औषधि थप्ने कि कसो गर्ने भन्दै अन्योलसाथ सम्पर्क गर्छन् । 

हाम्रो सबैभन्दा बढी आवतजावत र कारोबार हुने देश भारतमाकोभिड बिरामीको संख्या रफ्तारमा बढ्दैछ । यो हाम्रानिम्ति सबैभन्दा बढी चिन्ता तथा सरोकारको विषय हो ।

कोरोना विश्वयुद्ध एक दुई हप्तामै समाप्त हुन प्रकृतिको महामारी होइन । विभित्रप्रकारका रोगीलाई सधैँ पालोमै उभ्याएर कोरोनाको त्रासमा सधैँ लुगलुग काम्न भन्दै अस्पतालका प्रायः सबै ढोकाबन्द गरेर आकस्मिक कक्ष मात्रै खोल्नु कत्तिको विवेकशीलकार्य हो, समीक्षा गर्ने बेला भएको छ । कोरोना शंकास्पदलाई सरकारले तोकिसकेका अस्पतालहरूमा केन्द्रित गर्नुपर्छ । अरुले सामाजिक दूरीको नियमलाई अनुशासित तथा कडाइका साथ पालना गरेर आफ्नो कर्ममा जुट्नु उपयुक्त हुनेछ ।

के नियम अन्तराश्रयी हुन सक्दैनन् ?
हालको अवस्था सामान्य होइन । यो कोरोनाले संसार आहत पारेको स्थिति हो । त्यसैले यहाँ नियमहरू एकदमै कडादेखि खुकुलापनि हुन सक्छन् । यदि लावालस्कर लिएर १६३ किलो मिटर हिँडेर जान मिल्छ भने सुरक्षित तथा भयरहित तरिकाले तिनीहरूलाई बसमा पु¥याउन किन नमिल्ने ?

चैतेबाली थुपार्ने तथा लगाउने समय हो यो । संलग्न हुनुपर्ने र हुन सक्ने मानिसलाई पूर्णरूपमा सुरक्षित हुने गरी कार्य सञ्चालनगर्न स्थानीय सरकार तथा समाजले सहयोग गर्नुपर्छ । यो पर्खन नमिल्ने कार्यलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे तीनै तहका सरकारले र सबै सम्बन्धित नागरिकले पूर्ण सहयोग गर्नुपर्छ । खेतबारीमा खट्नेहरूको नित्य स्वास्थ्यजाँच, खानाको व्यवस्था जुटाउनु सरकार तथा समाजको कर्तव्य हो ।

चिया बगानका मुना‘टिप मलाई’भनी चियाइरहेछन् । त्यो हाम्रो कानमानपरे के तीपातमा परिणत हुन रोकिन्छन् त ?यस्तो कार्य समयमै नसोच्नु र व्यवस्थितनपार्नुले हाम्रो कार्य दक्षतामा कमजोरी छ भत्रे औल्याउँछन् ।पोल्ट्रीफार्ममा कुखुराको दानाको अभाव सुरु हुँदैछ । अण्डा तथा मासुको खपत नहँुदा फार्म नै धराशायी हुने डर छ । कोरोनाको त्रासमा कुखुरा नै खानुहुत्र भत्रे हल्लाकिन चलाइयो ? के त्यसमा सत्यता छ ?

बरु खेतबारी परियोजनाहरूमा जुटेका श्रमिकहरूलाई केही सस्तोमा कुखुरा, अण्डा, भात, रोटी इत्यादि ख्याउने व्यवस्था हामी किन गर्न सक्दैनौँ ?कतै तरकारी फलफूल कुहिँदै छन् भने कोही त्यो नपाएरै छट्पटाइरहेछन् । किनयस्तो समस्या समाधान गर्न भेदात्मक तरिकाले आवश्यकताअनुसार आवतजावत नियम बुद्धिमत्तापूर्ण लागुनगर्ने ?

राष्ट्र गौरवका परियोजनामा हाल विदेशबाट खालीहात फर्केका श्रमशक्तिलाई किन समावेश नगर्ने ? के हामीलाई कोरोनाको निहुँमा यी परियोजना लम्ब्याउनु छ ?अन्तर्राष्ट्रिय एयरपोर्ट, जलविद्युत् परियोजना, राजमार्ग मर्मत, पिचगर्ने वा फराकिलो गर्ने कार्य इत्यादि के पूर्णरूपमा लकडाउन हुनैपर्छ ?कार्यबाट हामी सजिलै बिमुखहुँला तर व्यवहार र जीवनबाट त यो सम्भव छैन नि ।जीवन र व्यवहार कार्यबाट मात्र चल्छ,होइन र ?श्रम बेचेर आफूलाई मानिस अनुभव गर्छु भत्रेलाई किनमौकानदिने ?
लाग्छ,हामीप्रत्येक नेपालीको कर्मप्रतिको धारणा सुव्यवस्थितगर्न सक्ने क्षमतानाप्ने कसीपनिहो कोरोनाभाइरस ।(युरोलोजिस्ट)

प्रकाशित: ३ वैशाख २०७७ ०३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App