सरकार मधेस तथा आदिवासी जनजातिको मागप्रति संवेदनशील नभएको भन्दै संघीय गठबन्धनले काठमाडौं केन्द्रित आन्दोलन अन्तर्गत दुई दिन सिंहदरबार घेराउ गर्ने जनाएको छ। अहिले राजधानीको माइतीघर मण्डला र हनुमानस्थानमा गठबन्धनका नेता कार्यकर्ताले धर्ना दिइरहेका छन्।
हनुमानस्थानतर्फ मधेसी मोर्चामा आबद्ध नेताले धर्नाको नेतृत्व गरेका छन भने माइतीघरतर्फ भने आदिवासी जनजाति सम्बन्द्ध नेता कार्यकर्ता धर्नामा बसेका छन्। उनीहरुले सरकार विरुद्ध चर्का नाराबाजी गरिरहेका छन्। धर्नास्थल आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
सबै तस्बिरः मदन चाैधरी
प्रकाशित: २ जेष्ठ २०७३ ००:२५ आइतबार