१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्वार्ता

आइग्लोनमा पढ्ने अवसर पाएकी अस्मिता के भन्छिन् ?

संसारकै महंगो र उत्कृष्ट मध्येको एक अन्तर्राष्ट्रिय कलेजमा नेपालकी अस्मिता अधिकारले पढ्ने अवसर पाएकी छन्।    

काठमाडौं बौद्धस्थित समता स्कुलमा मासिक सय रुपैयाँ शुल्क तिरेर पढेकी अस्मिताले वार्षिक दुई करोड शुल्क लाग्ने स्विट्जरल्यान्डको आइग्लोन कलेजमा आफ्नो शैक्षिक यात्रा तय गरेकी हुन्।  

जोन कर्टेलले १९४९ मा स्थापना गरेको आइग्लोन कलेज संसारकै विशिष्ट कलेजमध्येमा पर्छ। भारतीय अभिनेता अभिषेक बच्चनलेसमेत त्यहाँ पढेका थिए। पढाइ र प्रतिस्पर्धामा अब्बल चितवनकी १५ वर्षीया अस्मिता अधिकारीले सो कलेजमा निःशुल्क पढ्ने अवसर पाएकी हुन्।  

जीवनमा विदेशमा गएर पढ्ने सोच नराखेकी अस्मितालाई यो  सौभाग्य सपना जस्तै लागेको बताउँछिन्।  

उनले एसईई पछि सामान्य कलेजमा पढ्ने सोच बनाएकी थिइन्। उनी भन्छिन्, ‘मैले विदेशमा गएर पढ्छु भनेर कहिल्यैं पनि सोचेकी थिइन्। उत्साहसँगै डर पनि लागेको छ। यो अवसरले थप चुनौती पनि थपिदिएको छ।’  

पछिल्लो समय अस्मितालाई कानुन विषय अध्ययन गर्ने सोच पलाएको छ। ‘पहिलेदेखि नै मेरो आमालाई सुगरले सताएको छ। त्यहि भएर पनि म डाक्टर बन्ने सोच बनाएकी थिएँ। तर डाक्टर पढ्न धेरै खर्च लाग्ने भएकोले सोच ‘चेन्ज’ गरेँ। अब कानून पढ्छु होला।’  

उनीबारे नागरिक न्यूजका पवन बराईली सञ्जीव योञ्जनले  तयार पारेको भिडियो हेर्नुस्  : 

 

प्रकाशित: २६ मंसिर २०७७ १२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App