२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा कोभिड–१९ सोमबारको तुलनामा केही कम

दक्षिण कोरियामा २४ घण्टाअघिको तुलनामा मङ्गलबार मध्यरातसम्म २९ हजार पाँच सय तीन कोभिड–१९ नयाँ सङ्क्रमित देखिएका छन्। हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ५१ लाख ९४ हजार एक सय ७७ पुगेको स्वास्थ्य अधिकारीले बुधबार जानकारी दिएका छन्।

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए)का अनुसार अघिल्लो दिन ३३ हजार दुई सय ४८ को तुलनामा मङ्गलबार केही कमी अर्थात २९ हजार पाँच सय तीन सङ्क्रमित भएका छन्। गत हप्ताको पुष्टि भएका केसको दैनिक औसत सङ्ख्या २४ हजार ८६ थियो। नयाँ केसमध्ये, ७२ विदेशबाट आयात भएका छन्।  

गम्भिर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा चारले घटेर दुई सय ४३ पुगेको छ।यस प्रकोपको कारण थप ४३ जनाको मृत्युको पुष्टि भएपछि कुल मृतकको सङ्ख्या २८ हजार आठ सय ९९ पुगेको जनाइएको छ। कुल मृत्यु दर ०.११ प्रतिशत रहेको बताइएको छ।

प्रकाशित: २ कार्तिक २०७९ ०८:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App