१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानमा 'नान्माडोल ताईफु'आँधीकाे बितन्डा, एक करोड मानिसलाई तत्काल बासस्थान छाड्न आदेश

जापानमा नान्माडोल नामक ताईफुले बितन्डा मच्चाएको छ। अत्यन्तै शक्तिशाली मानिएको यस ताईफुका कारण पश्चिम  जापानका करिव एक करोड मानिसहरुलाई ताइफु नान्माडोलबाट बच्न तत्काल बासस्थान छाड्न आदेश दिइएको छ। 

नान्माडोल नामको आँधीका कारण पश्चिमी जापानका ९५ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान आदेश दिइएको हो। स्थानीय सरकारी अधिकारीहरूले एनएचके र जापानका अन्य प्रमुख संचार माध्यमहरुलाई सोमबार बिहान ८ बजेसम्म जारी गरेका विवरणहरु अनुसार बाढी, डुबान, पहिरो तथा जोखिमयुक्तघरमा रहेकाहरुलाई यस्तो आदेश जारी गरिएको हो।

सरकारी आदेशपछि लाखौं व्यक्तिहरु सरकारी आश्रय स्थलमा बसिरहेका छन् भने अन्य व्यक्तिहरु परिचित व्यक्ति, होटल तथा अन्य आश्रय स्थलमा शरण लिन पुगेका छन्। जापानको प्रकोप चेतावनी स्केलमा सबैभन्दा उच्च ५ स्तरको चेतावनी, कागोशिमा, मियाजाकी, ओइटता, कुमामोतो र यामागुची प्रान्तहरूमा घोषणा गरिएको छ । २ लाख ५० हजार भन्दा बढि घरपरिवार आपतकालिन अवस्थामा रहँदा ५ लाख ३० हजार भन्दा बढि व्यक्तिहरुलाई तत्काल घर छाडेर ज्यान जोगाउन सुरक्षित स्थानमा जान भनिएको छ। 

सतर्कताले कागोशिमा प्रिफेक्चरका चार सहरमा बस्ने करिब २०५,००० मानिसहरूलाई समेट्छ। मियाजाकी प्रान्तका चार सहर, १० सहर र दुईवटा गाउँमा १८३,००० भन्दा बढी मानिसहरू र ओइता प्रिफेक्चरका तीन शहरहरूमा लगभग १२३,००० मानिसहरूलाई आपतकालिन आदेश जारी गरिएको छ। यसमा कुमामोतो प्रिफेक्चरको एउटा गाउँ र यामागुची प्रिफेक्चरको एउटा शहर पनि समावेश छ।

खतराको दोस्रो उच्चतम स्तर ४ अलर्टबाट प्रभावित ४२ लाख भन्दा बढी घरपरिवारका ९५ लाख भन्दा बढि मानिसलाई क्युसु, शिकोकु र चुगोकु क्षेत्रका भागहरू खाली गर्न आदेश दिइएको थियो। 

यसैबिच टोक्योस्थित नेपाली दुतावासले ताइफु नान्माडोलबाट नेपालीहरु सुरक्षित रहेको जनाएको छ।नेपाली दुतावासका उपनियोग प्रमुख अम्बिका जोशीका अनुसार अहिले सम्म नेपालीहरु समस्यामा परेको भन्ने जानकारी आएको छैन। हामी जापान सरकारका नियाकहरु सँग निरन्तर सम्पर्कमा छौं,नागरिक न्युज सँग कुरा गर्दै उपनियोग प्रमुख जोशीले भने यहाँका सरकारी नियाकले केही परिहालेमा सहयोग गर्ने बचन दिएका छन्।

साथै उनले यो महामारी बाट बच्न जापानबासी नेपालीलाई अनुरोध गर्दै कुनै समस्या परेमा तत्काल दुतावासमा सम्पर्क गर्न आग्रह गरेका छन्।

प्रकाशित: ३ आश्विन २०७९ ०६:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App