२२ असार २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय दुतावासले मनायो भारतको ७५ औं स्वतन्त्रता दिवस

फाइल तस्बिर

नेपालस्थित भारतीय दुतावासले पनि भारतको ७६ औं स्वतन्त्रता दिवस मनाएको छ।

काठमाडौंको लैनचौरमा रहेको भारतीय दुतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो। 

भारतीय झण्डा फहराएर सुरु गरिएको कार्यक्रममा दुतावासका काउन्सिलर प्रशन्न श्रीवास्तवले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिनु भएको सन्देश पढेर सुनाएका थिए।  

कार्यक्रममा भारतीय सेनामा रहेका मृतकका परिवारलाई समेत सम्मान गरिएको थियो। त्यस अवसरमा भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरुको सम्मानमा गीत, संगीत प्रस्तुत गरिएको थियो। 

प्रकाशित: ३० श्रावण २०७९ ०६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App