१५ असार २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

न्युजिल्याण्ड र अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा ट्रान्स-टास्मान सम्बन्धमा जोड

न्यूजिल्याण्डका प्रधानमन्त्री जसिन्डा आर्डन र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले शुक्रबार सिड्नीमा पहिलो वार्षिक अष्ट्रेलिया न्युजिल्याण्ड नेताहरूको बैठकमा भेटवार्ता गरेका छन्।

बैठकको उद्देश्य 'अष्ट्रेलिया र न्युजिल्याण्ड बीचको घनिष्ठ सम्बन्धलाई थप सुदृढ पार्नु थियो,' अर्डरनले एक विज्ञप्तिमा भनेका छन्। दुवै नेताले प्रशान्त क्षेत्रमा सहकार्य, संलग्नता र जलवायु परिवर्तन लगायातका कार्यका लागि प्रतिबद्ध देशहरूको जिम्मेवारीबारे थप छलफल गरेका थिए।

'ट्रान्स-टास्मान म्युचुअल रिकग्निसन एरेन्जमेन्ट' (टीटीएमआरए) न्युजिल्याण्ड र अष्ट्रेलियाको राष्ट्रमण्डल, राज्य र क्षेत्रीय सरकारहरू बीचको गैर-सन्धि व्यवस्था हो। यो व्यवस्था एकल आर्थिक बजारको आधारशिला पनि हो। यो नियामक समन्वय र एकीकरण को एक शक्तिशाली चालक पनि हो। अल्बानीजले चुनाव जितेको केही समयपछि गत जुनमा अष्ट्रेलियामा यी दुईको अनौपचारिक भेट भएको हो।

प्रकाशित: २४ असार २०७९ ०९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App