४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानी पूर्वप्रधानमन्त्री अझै बेहोस, विश्वभरबाट स्वास्थ्यलाभको कामना

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अवस्था चिन्ताजनक रहेको बताइएको छ। चुनावी अभियानमा सम्बोधन गरिरहेका बेला गोली लागेर गम्भीर घाइते भएका पूर्वप्रधानमन्त्री आबेको स्वासप्रस्वास र मुटुको चालमा समस्या देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

आज बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला उनलाई पछाडिबाट गोली प्रहार भएको थियो। सडकमा ढलेका आबेलाई अस्पताल लगिएको थियो। यतिबेला उनी सिन्जो नारा मेडिकल युनिभर्सिटीमा उपचाररत छन्।

एअर एम्बुलेन्सबाट अस्पताल लगिएको उनको होस् आउन नसकेको अन्तर्राष्ट्रिय समाचारहरुमा उल्लेख छ। अहिले डाक्टरहरू आबेको ज्यान बचाउन निकै मेहनत गरिरहेका छन्। गोली प्रहार गर्ने शङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

यस्तै जापानका प्रधानमन्त्री फुमिओ कासिदाले उक्त घटनालाई पाशविक र विद्वेषपूर्ण घटनाको संज्ञा दिदै दोषीमाथि कारबाही हुने आश्वस्त पारेका छन्। सुरक्षित मुलुकमध्येको परिचय पाएको जापानमा भएको यस घटनाले हाल संसार नै तरंगित बनेको छ। घाइते आबेको विश्वभरबाट स्वास्थ्य लाभको कामना भएको छ।

प्रकाशित: २४ असार २०७९ ०७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App