६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमा तैरिरहेको क्रेन डुब्दा २७ जना बेपत्ता

चीनको ग्वाङ्डोङ प्रान्तमा शनिबार बिहान पानीमा तैरिरहेको क्रेन डुब्दा कम्तीमा २७ जना बेपत्ता भएका छन्।

सिन्ह्वाका अनुसार सो तैरिरहेको क्रेन याङजियाङ शहर नजिकैको पानीमा चाबा नामक आँधीबाट जोगिने क्रममा यसको मुरिङ चेन भत्केपछि लंगर तानिएको र खतरामा रहेको अनुगमन प्रणालीले जनाएको छ। प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले सो घटना बारे पुष्टि गरेको छ।

बेपत्ताहरुको खोजीका लागि आसपासका उद्धार हेलिकप्टर, उद्धार जहाज र व्यापारिक जहाजहरू समेत परिचालन गरिएको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार राति १२ बजेतिर तीन जनाको उद्धार गरिएको थियो भने २७ जना पानीमा डुबेर बेपत्ता छन्।

विज्ञप्ति अनुसार खोजी तथा उद्धार कार्य जारी रहेको छ। केही चालक दलले जहाजलाई त्यागेका थिए, उनीहरूलाई सुरक्षामा तान्न प्रयासमा बाधा पुर्या्एको थियो, उद्धारकर्ताहरूले भने, न्यूयोर्क पोस्टका अनुसार आँधीले अधिकतम ६८ माइल प्रतिघण्टाको गतिमा हावा चलेको बताइएको छ।

दक्षिण चीन सागरमा सञ्चालित औद्योगिक सहायता जहाज दुई दर्जनभन्दा बढी चालक दलका सदस्यको  डुबानमा पारेको हुन सक्ने देखिएको छ। 

प्रकाशित: १९ असार २०७९ ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App