५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विमान परिचारिकाकाे दाँत भाँच्ने महिलालाई पन्ध्र महिना जेल

साउथवेस्ट एयरलाइन्सकी परिचारिकालाई उडिरहेको विमानमा मुक्का हानेर दाँत भाँच्ने क्यालिफोर्नियाकी एक महिलालाई सङ्घीय जेलमा १५ महिनाको सजाय सुनाइएको छ। सान डिएगोका सङ्घीय न्यायाधीशले भिभियाना क्विनोनेजलाई २६हजार डलर क्षतिपूर्ति र सात हजार पाँचसय डलर जरिवाना तिर्न आदेश  दिएका छन्। न्यायाधीश टोड डब्ल्यू रोबिन्सनले क्विनोनेजलाई  व्यावसायिक विमानमा तीन वर्षसम्म उडान गर्न निषेध गरेका छन् भने उनले क्रोध व्यवस्थापन कक्षा वा परामर्शमा भाग लिनुपर्ने आदेश पनि दिएका छन्।

गत वर्ष मार्च २३ मा  साउथवेस्ट एयरलाइन्सको विमानमा सेक्रेमेण्टोबाट सान डिएगो जाने क्रममा क्विनोनेजले एक जना परिचारिलाई बारम्बार मुक्का प्रहार गरी उनको अनुहार रगतम्य पार्नुका साथै तीनवटा दाँत भाँचिदिएकी थिइन्।  आक्रमणको भिडियो सामाजिक सञ्जालमा व्यापक भएको थियो। विमान परिचारकहरूलाई धकेल्ने, प्रहार गर्ने र चिच्याउने यात्रीहरूले अनियन्त्रित र हिंसात्मक व्यवहारको वृद्धिको बीचमा उक्त आक्रमण भएको थियो। देशका दुई प्रमुख अमेरिकन एयरलाइन्स र साउथवेस्ट एयरलाइन्सले यात्रीका दुव्र्यवहार रोक्ने प्रयासमा उडानका बेला मदिरायुक्त पेय बिक्री बन्द गरेका थिए। हाल दुवै एयरलाइन्सले मदिरा बिक्री फेरि सुरु गरेका छन्।  

गत साता अदालतमा पेश गरिएको पत्रमा क्विनोनेजले उडान परिचरलाई कुटपिट गरेकोमा माफी मागेकी छिन्। नकारात्मक ध्यानाकर्षणका कारण आफू निराश र अपमानित भएको बेला उक्त घटना भएको उनले उल्लेख गरेकी छन्। उडानका क्रममा परिचारिकाले  क्विनोनेजलाई सिट बेल्ट लगाउन, सीटको अघि रहेको ट्रे टेबल बन्द गर्न र उनले लगाएको अनुहारको मास्कलाई उपयुक्त ढङ्गले लगाउन आग्रह गरेकी थिइन्। तर उनले आफ्नो फोन ती परिचारिकको फिल्म बनाउन प्रयोग गरिन् र उनलाई धकेलेर मुक्का प्रहार गरिन्। उनले परिचारिकाको कपाल समातेर अनुहारमा धेरै पटक मुक्का हानिन्। यात्रीहरूले क्विनोनेजको लुगा तानेर उनलाई रोक्न खोजे तर सफल भएनन्।

प्रकाशित: १५ जेष्ठ २०७९ ०९:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App