८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसले १५ वटा पश्चिमा गैरसकारी संस्थालाई बन्द गर्ने

रूसले मानवअधिकारको क्षेत्रमा काम गर्ने १५ वटा पश्चिमा गैरसरकारी संस्था बन्द गर्ने भएको छ। रुसले एमनेन्स्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचसहितका १५ संस्थाका आफ्नो देशमा रहेका कार्यलय बन्द गर्ने घोषणा गरेको हो।

संयुक्त राष्ट्रसंघ महासभाले यूक्रेनमा गरेको गम्भीर मानवअधिकार उल्लंघन र अत्याचारलाई लिएर रुसलाई राष्ट्रसंघीय मानव अधिकार नियोग (युएनएचसिआर) बाट निलम्बित गरेको छ। जवाफमा रूसले मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्थाका आफ्नो देशमा रहेका कार्यालय बन्द गर्ने घोषणा गरेको हो।

रूसको कानुन उल्लंघन गरेकाले ती संस्थाहरु बन्द गर्ने निर्णय गरिएको रूसी न्याय मन्त्रालयले जनाएको छ, तर कुन कानुन कसरी उल्लंघन गरे भन्ने खुलाएको छैन। एमनेन्स्टी इन्टरनेशनलकी निर्देशक एग्नेस कालामार्डले सत्य बोलेका कारण रुसले आफूहरुलाई निशाना बनाएको बताएकी छिन्। तर सत्य बाहिर ल्याउने कार्यमा आफूहरु थप सक्रिय भएर लाग्ने उनले उल्लेख गरिन्।

प्रकाशित: २७ चैत्र २०७८ ०४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App