४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तालिवानले गीतसंगीतमा प्रतिबन्ध लगाउने

तालिवानको सत्तामा गीतसंगीतमाथि प्रतिबन्ध लाग्ने भएको छ। ‘मुस्लिम धर्ममा संगीतमा रोक छ। उनीहरुलाई कर गर्न भन्दा पनि नसुन्नका लागि हामीले विश्वास दिलाउन सक्छौ,’ तालिवान प्रवत्ता जाविहुल्लाह मुजाहिदले न्युयोर्क टाइम्ससँग भने।  

तर, महिलाको सुरक्षालाई लिएर अहिले भइरहेका टिप्पणी गलत भएको मुजाहिदले बताए। महिलाहरु सधै घरभित्र बस्नु नपर्ने र आफ्नो काममा फर्किन सक्ने प्रवत्ता मुजाहिदले बताए।  

सन् १९९० को दशकमा तालिवान शासनकालमा संगीत, टेलिभिजन, र सिनेमामाथि कडा प्रतिबन्ध लगाइएको थियो।  

तर, अमेरिकी सरकारले उनीहरुलाई सत्ताच्युत गरेपछि अफगानिस्तानमा गीत संगीतमा उल्लेख्य प्रगति भएको छ। 

प्रकाशित: १० भाद्र २०७८ १३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App