१० फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ताइवान रेल दुर्घटना: ५० जनाको मृत्यु

ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त हुँदा कम्तीमा ५० यात्रीको मृत्यु भएको छ।

यसअघि प्रहरीले कम्तीमा ३६ जनाको मृत्यु भएको जनाएको थियो भने अरु ७० जना रेलका डब्बाभित्र च्यापिएको जनाएको छ। उद्धार गरिएका ६० जनालाई भने अस्पताल पुर्‍याइएको छ।  

ताइवानमा सुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन्। उद्धारकर्ताहरु सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका छन्। 

प्रकाशित: २१ चैत्र २०७७ ०४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App