५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

म्यान्मारमा छ सय भन्दा बढी प्रदर्शनकारी रिहा

म्यान्मारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका छ सय भन्दा बढी भन्दा बढी मानिसलाई बुधवार रिहा गरेको जेलका एक वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन्।

‘हामीले आज इन्सेन जेलबाट ३६० जना  पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौ’  कारागारका एक वरिष्ठ अधिकारीले नाम नबताउने सर्तमा एएफपीलाई बताएका हुन।

म्यान्मारमा सैनिक ‘कू’ शुरुभएयता भएका विरोध प्रदर्शनका क्रममा हालसम्म २७५ जनाको मृत्यु भएको छ। यद्यपी जुन्ता सरकारका प्रवक्ताले भने १६४ जनाको मृत्यु भएको जनाएको छ।  सो प्रदर्शन क्रममा २८ सय भन्दा बढी व्यक्ति पक्राउ परेका पनि समाचारमा जनाइएको छ।

प्रकाशित: ११ चैत्र २०७७ ०९:२९ बुधबार

म्यान्मारमा ‘कू’ विरोधी प्रदर्शनकारी रिहा