१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाका सर्वाेच्च नेता किमकी बहिनीले दिइन् दक्षिण कोरियाका विदेशमन्त्रीलाई धम्की

किम जोङ उनकी बहिनी किम यो जोङ

उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाका विदेशमन्त्रीलाई धम्की दिएकी छन्।  

दक्षिण कोरियाका विदेशमन्त्री चाङ केयुङु वाले कोरोना महामारी सम्बन्धमा उत्तर कोरियाबारे टिप्पणी गरेपछि त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी उनले उनले दिएकी हुन्।  

यही डिसेम्बर ५ का दिन दक्षिण कोरियाली विदेशमन्त्री चाङ केयुङु वाले उत्तर कोरियामा कोरोना संक्रमण छैन भन्ने दाबीमा शंका व्यक्त गरेका थिए।  

सोही विषयमा किम जोङकी बहिनी किम यो जोङले उनलाई धम्की दिएकी हुन्।  

उत्तर कोरियाले आफ्नो मुलुकमा अहिलेसम्म कोरोना संक्रमण नभएको दाबी गरिरहेको छ। तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यसमा शंका व्यक्त गरिरहेका छन्।  

प्रकाशित: २४ मंसिर २०७७ ०९:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App