४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा लामखुट्टेको संख्या घटाउन ७५ करोड लामखुट्टे नै वातावरणमा छाड्ने निर्णय !

अमेरिकाको फ्लोरिडा राज्यले आफ्नो क्षेत्रमा आनुवांशिकता परिवर्तन गरिएका ७५ करोड लामखुट्टे छाड्ने निर्णय गरेपछि वातावरण संरक्षणकर्मी चिन्तामा परेका छन् ।  

डेंगु, जिका भाइरसजस्ता फ्लु फैलाउने लामखुट्टेको  संख्या घटाउन भन्दै फ्लोरिडाका अधिकारीले ठूलो संख्यामा त्यस्ता (आनुवांशिक रूपमा परिवर्तन गरिएका) लामखुट्टे वातावरणमा छाड्ने निर्णय गरेका हुन् ।  

यो निर्णय गर्नुअघि वातावरणमा पर्ने असरबारे व्यापक रूपमा छलफल गरिएको जनाइएको छ ।  

तर वातावरण संरक्षण अभियानकर्मीले भने यसले अर्काे प्रतिरोधी हानिकारक लामखुट्टे बढाउने र वातावरणमा क्षति पुग्ने चेतावनी दिएका छन् ।  

तर यस योजनामा सहभागी कम्पनीले यसबाट मानिस र वातावरणलाई कुनै क्षति नपुग्ने बरु फाइदा हुने दाबी गरेको छ । उसले सरकारी शोधकर्ताको अध्ययनका आधारमा यस्तो दाबी गरेको हो ।  

यो (लामखुट्टे छाड्ने) योजना सन् २०२१ मा लागू गर्ने बताइएको छ । स्थानीय नियामकले अनुमति दिएको धेरै महिनापछि मात्र योजना लागू गरिने जनाइएको छ ।  

छाड्न खोजिएको लामखुट्टे कस्तो हो ?

एडिज इजेप्टाई नामक लामखुट्टेले टोकेपछि मानिसमा डेंगु, जिका, चिकनगुनिया र ज्वरोजस्ता संक्रमण फैलिन्छ । तर यो जातिको पोथी पोथी लामखुट्टेले मात्र मानिसलाई टोक्छ, कारण उनीहरूलाई अन्डा पार्न रगत आवश्यक पर्छ ।

यसर्थ आनुवांशिक रूपमा परिवर्तन गरिएका यस जातिको भाले लामखुट्टे विकास गरिएको हो । जुन लामुखुट्टे युकेस्थित ओक्सिटेक कम्पनीको अमेरिकी वातावरण एजेन्सीले गत मेमा विकास गरेको हो । त्यस लामखुट्टेलाई ओएक्स ५०३४ का नामले पनि चिनिन्छ ।

सोही लामखुट्टे वातावरणमा फैलाउन र जंगलका पोथी लामखुट्टे घटाउन उक्त योजना अघि सारिएको हो । जसले ती पोथी लामखुट्टेसँग संसर्ग गरी नयाँ नश्ल पैदा गर्ने अपेक्षा गरिएको छ । ती भाले लामखुट्टेमा एक प्रकारको प्रोटिन हुने र त्यसले पोथी लामखुट्टेलाई मानिसलाई टोक्न सक्ने हुनुभन्दा अघि नै मारिदिने विज्ञको दाबी छ । बिबिसी

प्रकाशित: ६ भाद्र २०७७ ०८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App