१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोना संक्रमित भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

फाइल तस्बिर

कोरोनाबाट संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर भएको छ । अहिले उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको बिबिसीले जनाएको छ ।  

पूर्वराष्ट्रपति मुखर्जीले सोमबार आफूलाई कोरोना संक्रमण भएको भनेर ट्विटरमार्फत जानकारी दिएका थिए । त्यसको भोलिपल्ट मंगलबार सघन उपचार कक्षमा सारेर भेन्टिलेटरमा राखिएको हो ।  उनी सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति थिए। उनी ८४ वर्षका भए। 

अस्पतालले उनको अवस्था गम्भीर रहेको र आगामी केही घण्टा महत्त्वपूर्ण हुने बताएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रकाशित: २७ श्रावण २०७७ १०:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App