१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘इन्काउटर’ मा मारिएका भारत कानपुरका गुन्डा नाइके विकास दुबेकी पत्नीले भनिन् : जस्तो गल्ती, उस्तै सजाय !

विकास दुबे

भारत कानपुर मुठभेड (डीएसपीसहित ८ प्रहरीको हत्या) का मुख्य अभियुक्त (गुन्डा नाइके) विकास दुबेको अन्तिम संस्कार शुक्रबार राति कानपुरकै भैरोंघाटस्थित विद्युत शवदाह गृहमा गरिएकाे छ । जसमा दुबेका पत्नी र छोरासमेत सहभागी भए ।  

 

यो पनि पढ्नुहोस्

गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

सञ्चारकर्मीको जमघट तथा सुरक्षा व्यवस्था कडा थियो । यस क्रममा विकास दुबेकी पत्नीलाई मुठभेडबारे प्रश्न गरियो थियो ।  जवाफमा उनले ‘जस्तो गल्ती उस्तै सजाय’ भनिन् ।  

भारतीय पत्रिका ‘हिन्दुस्तान’ले छापेको खबरअनुसार जब दुबेकी पत्नी ऋचा दुबेलाई सोधियो– ‘तपाईं पतिले गल्ती गरेकै हुन् ?’

तब उनले उत्तर दिइन्, ‘हो..हो..हो ।’

उसो भए दुबेलाई जुन सजाय दिइयो त्यो ठीक हो ?

ऋचाले भनिन्, ‘हो, ठीक हो ।’

यसपछि भने उनी पत्रकारदेखि तुरुन्तै टाढा भइन् ।  

प्रकाशित: २७ असार २०७७ ०८:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App