९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्राजिलमा एकैदिनमा ४८ हजार संक्रमित

ब्राजिलमा कोरोनाभाइरसबाट एकैदिनमा ४८ हजारभन्दा बढी संक्रमित भएका छन्। सरकारी अधिकारीहरुले बिहीबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ४८ हजार १०५ जना सक्रमित भएका हुन्।  

योसँगै ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या १४ लाख ९६ हजार ८५८ पुगेको अधिकारीहरुले जनाएका छन्।स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले त्यसैगरी ब्राजिलमा एकैदिनमा कोरोनाका कारण एक हजार २५२ जनाको मृत्यु भएको छ। उनीहरुका अनुसार कुल मृतकको संख्या ब्राजिलमा ६१ हजार ८८४ पुगेको छ।

ब्राजिलमा एक दिन अगाडी भने २४ घण्टामा ४६ हजार ७१२ जनामा सङ्क्रमण पुष्टि भएको थियो। विश्वभरीको तथ्याङ्कअनुसार धेरै संक्रमित भएका देशहरुको सूचीमा ब्राजिल अहिले दोस्रो अग्रस्थानमा रहेको छ। पहिलो स्थानमा भने अमेरिका रहेको छ।  

कोरोनाबाट धेरै सङ्मितहरु रहेको देशहरुको सूचीमा रुस तेस्रो स्थानमा रहेको छ भने चौथोमा भारत, पाँचौमा स्पेन, छैठौँमा पेरु, सातौमा चिली, आठौमा बेलायत, नबौँमा इटली र दशौमा मेक्सीको रहेका छन्। विश्वभरी अहिलेसम्म २१५ देशका कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ।

प्रकाशित: १९ असार २०७७ १०:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App