१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा एकै दिन ५३ हजार संक्रमित

विश्वमा सबैभन्दा बढी कोभिड–१९ का संक्रमितहरु रहेको अमेरिकामा बिहीबार मात्र ५३ हजार जना संक्रमित थपिएका छन् । अमेरिमा एकै दिन यति धेरै संक्रमित थपिएको यो नै पहिलो हो । अमेरिकी पत्रिका वासिङ्टन पोस्टले यो कुराको जानकारी गराएको समाचारमा जनाइएको छ ।           

बिहीबार फ्लोरिडा राज्यमा मात्र १० हजार १०९ जना नयाँ संक्रमित देखिएका छन् । अमेरिकामा एकै राज्यमा यति धेरै संक्रमित फ्लोरिडामा देखिएका छन् ।अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीले बिहीबारको तथ्यांकमा जनाएअनुसार यहाँ २७ लाख ३२ हजार ६ सय ३९ जना संक्रमित पुगेका छन् ।           

संक्रमणबाट यहाँ १ लाख २८ हजार ६४३ जनाको मृत्यु भइसकेको छ । बिहीबारसम्म विश्वमा यस संक्रमणबाट एक करोडभन्दा बढी मानिस संक्रमित भएका छन् भने पाँच लाखभन्दा बढी मानिसको ज्यान गएको छ ।      

प्रकाशित: १९ असार २०७७ ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App