२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्व कोरोना अपडेटः संक्रमितको संख्या ८० लाख नाघ्यो, ४ लाख ३६ हजारको मृत्यु

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८० लाख नाघेको छ।  

सोमबार राति ८ बजेसम्म वर्ल्डओमिटरको तथ्यांकअनुसार संसाभर कोरोना संक्रमितको संख्या ८० लाख २८ हजार ४ सय ५२ पुगेको हो।  

तीमध्ये ४ लाख ३६ हजार २ सय ८० जनाको मृत्यु भएको छ । यसैगरी संक्रमितमध्ये ४१ लख ४८ हजार ३ सय ९ जना भने निको भएका छन् ।  

अहिले विश्वमा सबैभन्दा बढी कोरोना संक्रमण अमेरिकामा फैलिरहेको छ । त्यहाँ यो खबर लेख्दासम्म २१ लख ६३ हजार ३ सय ३८ जना कोरोनाबाट संक्रमित भएका छन् । यसैगरी त्यहाँ कोरोना संक्रमणका कारण १ लाख १७ हजार ८ सय ७५ जनाको मृत्यु भइसकेको वर्ल्डओमिटरको तथ्यांकले देखाएको छ।  

प्रकाशित: १ असार २०७७ १४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App