१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ग्रिसले आप्रवासीका आवेदन नलिने, टर्कीबाट प्रवेश रोक

अंकारा – ग्रिसले आगामी महिनादेखि आप्रवासीका आवेदन नलिने घोषणा गरेको छ। यसअघि टर्कीले आप्रवासीहरूलाई युरोपतर्फ जाने प्रवेशद्वार खोलिदिएको बताएको थियो। यसअघि करिब १० हजार आप्रवासीलाई टर्कीसँग जोडिएको ग्रिसको एक जमिनमा रोकिएको बताइएको थियो। जसका कारण ग्रिसका अधिकारीहरूले ती आवेदन नलिने जनाएका हुन्।

ग्रिसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले ग्रिसको सीमा क्षेत्रमा आवश्यक मात्रामा रोकावट गरिएको जानकारी दिए। उनले भने, ‘हाम्रो सीमातर्फ अनावश्यकरूपमा प्रवेश गर्न खोज्ने कुनै पनि देशका आप्रवासीलाई रोकेर राखिएको छ।

टर्कीले पनि शरणार्थी आप्रवासीको भार थेग्न नसक्ने बताएको थियो। टर्कीले सिरियामा विगतका वर्षदेखि जारी रहेको युद्धका कारण ठूलो संख्यामा नागरिक भागिरहेका आफूले थाहा पाएको भन्दै यति धेरै मानिसको भार आफ्नो देशले वहन गर्न सक्ने अवस्था नरहेको बताएको थियो।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले भने सिरिया छोडेर शरणका लागि हिँडेका आप्रवासीहरूलाई छिमेकी देशहरू तथा युरोपेली युनियनका सदस्य राष्ट्रमा जानका लागि अनुमति दिने बताएका थिए। गत शुक्रवार उनले ग्रिस र बुल्गेरियातिर जानका लागि अनुमति दिने घोषणा गरेका थिए।

उत्तरी सिरियामा रहेका इदलिब प्रान्तमा गत हप्ता भएको एक भिषण हवाई हमलामा परी करिब ३३ जना टर्किस सैनिक मारिएका थिए। त्यसपछि उनले सो घोषणा गरेका थिए। टर्कीमा ठूलो संख्यामा सिरियाका नागरिक शरणार्थीका रूपमा बसिरहेको बताइएको छ। पछिल्लो एक प्रतिवेदनका अनुसार टर्कीमा सिरियाका करिब ३७ लाख शरणार्थी रहेका बताइएको छ। टर्कीमा युरोप प्रवेश गर्न लागेका विभिन्न देशका शरणार्थीहरू बस्ने गरेका बताइन्छ।

उक्त देशमा तालिबान युद्धका कारण द्वन्द्वमा परेका अफगानिस्तानका नागरिक पनि आप्रवासीका रूपमा त्यहाँ पुगेको बताइएको छ। ग्रिस हुँदै अन्य युरोपेली देशमा प्रवेश गर्न खोज्ने आप्रवासीहरूलाई ग्रीसले रोक्ने गरेको छ। प्रधानमन्त्री मित्सोटाकिसले शरणको माग गर्दै दिइएका आवेदनको कारबाही हाललाई अघि नबढाइने घोषणा गरेका छन्।

प्रधानमन्त्री मित्सोटाकिसले गैरकानुनीरूपमा ग्रिस प्रवेश गर्न खोज्नेलाई रोक्ने र त्यहाँबाट फर्काइने चेतावनी पनि दिएका छन्। ग्रीस सरकारले २४ घन्टामा झन्डै १० हजार आप्रवासीलाई ग्रिस प्रवेश गर्नबाट रोकिएको जनाएको छ। ग्रिस र टर्कीको सिमानामा आप्रवासी र सुरक्षाकर्मीबीच केही समययता झडप पनि भएका छन्। यस विषयमा भने ग्रिस सरकारले केही बताएको छैन।

ग्रिसका सुरक्षाकर्मीले आप्रवासीलाई रोक्न बलसमेत प्रयोग गरेको बताइएको छ। ग्रिसका अधिकारीहरूले समुद्री मार्ग भएर पनि त्यहाँका केही भूभाग तथा विशेषगरी टापुहरूमा आप्रवासीहरू पुगेको बताएका छन्। ग्रिसको एर्डिना जिल्लाको सीमा क्षेत्रमा पर्ने पाजारकुलेमा हिँड्दै आप्रवाशी। ग्रिसले आइतबार १० हजार आप्रवाशीलाई सीमामा रोकेको छ।

प्रकाशित: २० फाल्गुन २०७६ ०१:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App