६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकासँग दक्षिण कोरियाली व्यापार बचत १५ प्रतिशत बढ्यो

सियोल– संयुक्त राज्य अमेरिकासँग दक्षिण कोरियाको सामान व्यापार बचत १५ प्रतिशतले बढेको छ। अमेरिकी तथ्यांक विभागले आइतबार जारी गरेको तथ्यांक अनुसार सन् २०१९ मा अमेरिकासँगको दक्षिण कोरियाको व्यापार बचत बढेको हो। विभागका अनुसार सन् २०१७ मा अमेरिकाले दक्षिण कोरियासँग १७.८ अर्ब अमेरिकी डलर बराबरको व्यापार घाटा व्यहोरेको थियो। यस्तै, सन् २०१८ मा अमेरिकाको दक्षिण कोरियासँगको व्यापार घाटा २०.६ अर्ब अमेरिकी डलर थियो।

अमेरिकाको दक्षिण कोरियासँगको वस्तु व्यापार घाटा १४ औँ स्थानमा रहेको वासिंटनले जनाएको छ। यद्यपि, घाटा प्रतिशतमा भने सन् २०१९ मा १५ प्रतिशतको सुधार देखिएको छ। अमेरिकाबाट सन् २०१८ मा दक्षिण कोरिया ५६ अर्ब ९० करोडको आयात भएको थियो। यो अघिल्लो वर्षको तुलनामा ०.७ प्रतिशतले बढी हो। दक्षिण कोरियाबाट अमेरिका निर्यात भएको सामान कूल ७७ अर्ब ५० करोड अमेरिकी डलर रहेको र यो ४.४ प्रतिशतको वृद्धि हो।

विज्ञका अनुसार गत वर्ष दक्षिण कोरियाको अमेरिकासँगको व्यापार घाटा बढेपछि सियोलले आफ्नो सवारी साधन, इलेक्ट्रोनिक्स र पेट्रोलियम पदार्थजस्ता प्रमुख निर्यात वस्तुहरूको ढुवानीमा तीव्र वृद्धि भएको छ। तथ्यांक अनुसार सन् २०१८ मा दक्षिण कोरिया अमेरिकाको छैटौं ठूलो सामान निर्यात बजारका रूपमा रहेकोमा यस वर्ष सातौं ठूलो निर्यात बजार बनेको अमेरिकी अधिकारीले बताएका छन्। कोरियाली विश्लेषकका अनुसार डोनाल्ड ट्रम्प प्रशासनले व्यापार घाटा घटाउने कुरामा ध्यान केन्द्रित गरिरहेको र एसियाको चौथो ठूलो अर्थतन्त्रसँग बढ्दो व्यापार घाटा दक्षिण कोरियाको लागि शुभ नहुने बताइएको छ।

व्यापार विस्तार ऐनको धारा २३२ परिभाषित गरे अनुसार राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकी अधिकारीले अमेरिका निर्यात हुने सामानमा २५ प्रतिशत कर वृद्धि गर्ने योजनाबारे सोचिरहेका छन्। अमेरिकी राजनीतिबारे जानकार कतिपय अर्थविदले भने दक्षिण कोरियालाई अमेरिकाको कर छुट दिने बताएका छन्। उनीहरूको विचारमा दक्षिण कोरियाले गत वर्ष वासिंटनको अनुरोधमा अमेरिकासँगको स्वतन्त्र व्यापार सम्झौतालाई संशोधित गरेको छ।

प्रकाशित: ५ फाल्गुन २०७६ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App