१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘थाई सैनिक’को अन्धाधुन्ध गोली आक्रमणमा १७ सर्वसाधारणको मृत्यु

बैंकक – थाइल्यान्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १७ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। आक्रमणकारी एक सिपाहीले सैनिक शिविरबाट एउटा स्वचालित हतियार ‘हुम्बी’ चोरेर सहर पसेको र अन्धाधुन्ध गोली चलाएको थाई सञ्चारमाध्यमहरूले स्थानीय प्रहरीलाई उद्धृत गरी उल्लेख गरेका छन्।

आक्रमणकारी सैनिकले सहरको एउटा व्यापारिक केन्द्रमा पनि प्रवेश गरेको र त्यहाँ रहेका पसलहरूमा जथाभावी गोली चलाएको प्रहरीले जनाएको बताइएको छ। घटनामा १७ जनाको मृत्यु भएको थाई प्रहरीका एक उच्च अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन्।

प्राप्त जानकारीमा आक्रमणकारी भनिएका ती सैनिकले गाली चलाउँदै व्यापारिक भवनमा छिरेका र त्यहाँ एउटा आफ्नो तस्बिर ‘सेल्फी’ खिचेर सामाजिक सञ्जालमा राखेका प्रहरीले बताएको छ।

प्रकाशित: २६ माघ २०७६ ०३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App