१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन, छोरी पनि रहिनन्

न्यूयोर्क - चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन भएको छ। क्यालिफोर्नियाको क्यालाबास शहरमा भएको हेलिकप्टर दुर्घटनामा ४१ वर्षीय ब्रायन्ट र उनकी १३ वर्षीया छोरी जियानासहित ९ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ।

न्यूयोर्क टाइम्सका अनुसार ४१ वर्षिय ब्रायन्टसहित ९ व्यक्ति सवार निजी हेलिकप्टर लस एन्जल्स काउन्टी शेर्रिफ नजिकै खसेपछि त्यसमा ठूलो विस्फोटसहित आगलागी भएको थियो। दुर्घटनामा कोही पनि जीवित नभएको समाचारमा जनाइएको छ। पाँच पटक एनबिए च्याम्पियन रहिसकेका ब्रायन्टलाई बास्केट बल इतिहासकै महान खेलाडीमध्येको एक मानिन्छ।

प्रकाशित: १३ माघ २०७६ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App