२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

६९ तालिबान लडाकुले आत्मसमर्पण गरे

काबुल (एजेन्सी) – अफगानिस्तानको पश्चिमी प्रान्त घोरमा अफगान सैनिकसमक्ष ६९ जना तालिबान लडाकुले आत्मसमर्पण गरेको प्रान्तीय सरकारले मंगलबार जानकारी दिएको छ।

अफगानिस्तान नेसनल आर्मी (एएनए)ले एक साताअघि तालिबान लडाकुविरुद्ध कारबाही सुरु गरेको थियो। सोही कारबाहीको क्रममा यसै साता करिब तीन सय तालिबान लडाकुले आत्मसमर्पण गरिसकेको सैन्य अधिकारीले बताएका छन्। सोमबार साँझ  मात्र ६९ तालिबान लडाकुले साहरक जिल्लामा सेनासमक्ष आत्मसमर्पण गरेको गभर्नर गुलाम नासिर खाजेले चिनियाँ समाचार एजेन्सी सिन्ह्वालाई बताएका छन्।
आत्मसमर्पण गर्ने क्रममा तालिबान लडाकु समूहले सेनासमक्ष विभिन्न हातहतियार पनि हस्तान्तरण गरेका छन्।

प्रकाशित: २३ पुस २०७६ ०४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App