१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दिल्लीको वायु अझै ‘अति प्रदूषित’

नयाँ दिल्ली (एजेन्सी) – भारतको केन्द्रीय राजधानी दिल्लीमा सोमबार पनि वायुको अवस्था अति प्रदूषित रह्यो। सोमबारसहित लगातार पछिल्ला चार दिन दिल्लीको वायु अति प्रदूषित अवस्थामा रहेको अधिकारीहरुले जनाएका छन्।

वायु गुणस्तर तथा मौसम पुर्वानुमान र अध्ययन विभागका अधिकारीहरुले सोमबार एयर क्वालिटी इन्डेक्स (एक्युआई) तीन सय ४२ रहेको जानकारी दिएका छन्। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रधान सचिव पिके मिश्राले भिडियो सम्मेलनमार्फत प्रदूषणको स्थितिमा दिल्ली, पञ्जाब र हरियाणा सरकारका सम्बन्धित अधिकारीसँग बैठक पनि गरेका थिए। बैठकले प्रदूषणको स्थितिमा लगातार निगरानी राख्ने निर्णय गरेको थियो।

प्रदूषण न्यूनिकरणका लागि दिल्लीका विद्यालय बन्द गर्ने घोषणा गरिएको थियो। प्रदूषण न्यूनिकरणकै अर्को उपायका रूपमा अघिल्लो सोमबारदेखि दिल्लीमा सवारीसाधनका लागि जोरविजोर प्रणाली लागू गरिएको छ। जसअनुसार जोरबार जोर नम्बर भएका सवारीसाधन र विजोर बार विजोर नम्बर भएका सवारीसाधन चल्न दिने व्यवस्था गरिएको छ। यो नियम चार पाङ्ग्रे निजी सवारीसाधनका लागि बाध्यकारी हुने तर सार्वजनिक यातायातका साधन, एम्बुलेन्स, खानेपानी तथा अति आवश्यक दैनिक उपभोगका सामान ढुवानी गर्ने गाडीका लागी नियम बाध्यकारी नहुने बताइएको छ।
जोर विजोर प्रणाली यही १५ नोभेम्बरसम्म लागू हुने अधिकारीहरुले जानकारी दिएका छन्।

प्रकाशित: २६ कार्तिक २०७६ ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App