३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इराकमा सरकारविरोधी प्रदर्शन, कम्तीमा ३० को मृत्यु

बग्दाद – सरकारविरोधी प्रदर्शनका क्रममा इराकमा शुक्रबार कम्तीमा ३० जनाको मृत्यु भएको छ।  देशका विभिन्न सहरमा भएको प्रदर्शनमा भएका झडपमा परी अरु दुई हजार तीनसय भन्दाबढी घाइते भएका छन्। प्रदर्शनमा हजारौंको सहभागिता रहेको थियो।

सरकारविरुद्ध नाराबाजी गर्दै आन्दोलनकारीले शुक्रबार बिहानैदेखि प्रदर्शन गरेका थिए। उनीहरुले लगातार निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो। देशको मुख्य प्रशासनिक कार्यालय रहेको तहरिर स्क्वायरलगायतका क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ।

प्रदर्शनकारीले अहिलेको राजनीतिक अवस्थामा परिवर्तन हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने र रोजगारी सिर्जना गर्नुपर्नेलगायतका माग गरेका छन्।

दक्षिण र मध्यक्षेत्रका प्रदेशमा भने प्रदर्शनकारीले शुक्रबार निषेधित क्षेत्रमा प्रवेश गरेर प्रदर्शन गरेका थिए। धि क्वार, बास्रा, मायसान, डिवानिया, मुथान्न, कार्बाला, वासित र नाजाफलगायतका ठाउँमा प्रदर्शन भएको अधिकारीहरुले जनाएका छन्।

उनीहरुले अहिलेको राजनीतिक अवस्थामा परिवर्तन हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, रोजगारी सिर्जना गर्नुपर्नेलगायतका माग गरेका छन्। झडपमा परी मृत्यु भएका ३० जनामध्ये केही सुरक्षाकर्मी पनि रहेको जनाइएको छ। उनीहरुमध्ये आठ जनाको राजधानी बग्दादमै मृत्यु भएको हो। त्यसैगरी मायसान र धि क्वारमा नौ नौ जनाको र बार्सा र मुथन्नामा चार चार जनाको मृत्यु भएको अधिकारीले जनाएका छन्।

मृत्यु भएका र घाइते भएका अधिकांशलाई गोली लागेको, अश्रुग्यासको असर परेको र रबरका गोली लागेको पाइएको छ। इराकमा यसै महिनाको सुरुबाट प्रदर्शनको थालनी भएको थियो। जारी रहेको सरकार विरोधी आन्दोलनमा एक स ५७ जना व्यक्तिको मृत्यु भइसकेको छ। बेरोजगारी र भ्रष्टाचारमा भएको व्यापक वृद्धिको विरोघ गर्दै जनआन्दोलन सुरु भएको  थियो। प्रदर्शनकारीले सरकारले आवासीय भवनको प्रबन्ध गर्नुपर्ने माग पनि गरेका छन्।
 

 

प्रकाशित: १० कार्तिक २०७६ ०४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App