७ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विमान दुर्घटनामा पाँचको मृत्यु

मेक्सिको- मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा बुधबार एउटा सानो विमान दुर्घटनामा परेको छ। यस दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ।

म्याडेरो शहरको लास जुन्टास समुदायमा भएको यस दुर्घटनाको हताहतको प्रारम्भिक जानकारी प्राप्त भएको तर यसको अझै अनुसन्धान भइरहेको सरकारी वकिलले पत्रकारलाई जानकारी दिएका छन्।  

उक्त विमान दुराङगो राज्यबाट गुरेरो राज्यको एकपुल्को बन्दरगाहमा जाँदै गरेको विश्वास गरिएको मेक्सिकन पत्रिका ‘एल युनिभर्सल’ले जनाएको छ।

सो विमानको आधा भाग नदीमा खसेको सामाजिक सञ्जालमा राखिएका तस्बिरमा देखाएको पनि सो पत्रिकाले जानकारी दिएको छ। रासस

प्रकाशित: ७ कार्तिक २०७६ १०:३३ बिहीबार

विमान दुर्घटना मृत्यु