६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

खुला ठाउँमा शौच गरेको भन्दै दुई बालबालिकाको हत्या

नयाँ दिल्ली – खुला ठाउँमा शौच गरेको भन्दै भारतमा दुई दलित बालबालिकाको हत्या भएको छ।
भारतको मध्य प्रदेशस्थित एक गाउँका १२ वर्षीया रोश्नी र १० वर्षीय अविनाशलाई गाउँको सडकनजिकै खुला ठाउँमा शौच गरिरहेका बेला बुधबार आक्रमण गरिएको थियो।

प्रहरीले दुई दलित बालबालिकाको हत्या गरेको अभियोगमा भारतको मध्य प्रदेशका दुईजनालाई पक्राउ गरिएको जनाएको छ। आफ्नो घरमा शौचालय नभएका कारण खुला ठाउँमा शौच गर्नु परेको हत्या गरिएका बालबालिकाका परिवारले बताएका छन्।

भारतमा गरिब परिवारका करोडौं मानिसले खुला ठाउँमा शौच गर्ने गरेका छन्, जसका कारण बालबालिका र महिला विशेषगरी खतरामा पर्ने गरेका छन्। दलित समुदायलाई संरक्षण गर्ने कानुन भारतमा विद्यमान भए पनि उनीहरु भेदभावमा पर्ने गरेका छन्।

हत्या गरिएका बालबालिकाको गाउँ ‘भावखेदी’ पनि खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको गाउँ हो।

‘लौरोले हानेर दुई बालबालिकाको हत्या गरिएको छ,’ प्रहरी सुपरिटेन्डेन्ट राजेस चान्डेलले जानकारी  दिएका छन्। ‘दुवैजना आरोपितमाथि हामीले हत्या मुद्दा लगाएका छौं। उनीहरुमाथित सोधपुक्ष भइरहेको छ,’ उनले भने।

बलबालिकाको हत्या भएको केही समयमै प्रहरीले रामेश्वर यादव र हाकिम यादव नामका उपल्लो जातका दुई व्यक्तिलाई पक्राउ गरेको थियो। रोश्नी र अविनाश काका–बडाबाका छोराछोरी थिए। तर रोश्नीलाई अविनाशकै बाबुआमाले हुर्काएका थिए र उनी सोही परिवारमै बस्थिन्।

अविनाशका पिताले मनोजले आफू एक ज्यालादारी मजदुर भएका कारण घरमा शौचालय बनाउन नसकेको बताएका छन्। उनले सरकारले ल्याएको महत्वाकांक्षी योजनाअन्तर्गत शौचालय बनाउनका लागि पाइने राहत पनि लिन नसकेको दुखेसो पोखेका छन्। सरकारको महत्वाकांक्षी योजना ‘स्वच्छ भारत अभियान’ले शौचालयका पूर्वाधार वृद्धि गरेर र देशैभर सरसफाई गरेर खुला शौचलाई अन्त्य गर्न खोजिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलेसन् २०१४ मा यो अभियान सुरु गर्दा २ अक्टोबर २०१९ भित्र भारतलाई ‘खुला दिसामुक्त’ बनाउने दाबी गरेका थिए।

हत्या गरिएका बालबालिकाको गाउँ ‘भावखेदी’ पनि खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको गाउँ हो। भारतमा शौचालयको निर्माण तीव्र गतिमा भइरहेको भए पनि पानीको अभाव, मर्मतमा कमजोरी र व्यवहारमा सुस्त परिवर्तन खुला क्षेत्रमा शौच गर्न अन्त्य गर्ने अभियानका लागि बाधक रहेको अनुसन्धानले देखाएको छ। तर यस मुद्दालाई प्राथमिकता दिँदै सम्बोधन गर्न प्रमुख योजना ल्याएको भन्दै भारतीय प्रधानमन्त्री मोदीको कतिपयले प्रशंसा गर्ने गरेका छन्।

स्वच्छ भारत अभियान विश्वका सबैभन्दा गरिबको लागि सरसफाईको पहुँच सुधार गर्न आवश्यक रहेको एउटा नमूना भएको भन्दै गत साता मात्रै बल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन नामक एक संस्थले प्रधानमन्त्री मोदीलाई सम्मान गरेको थियो।

प्रकाशित: १० आश्विन २०७६ ०१:०७ शुक्रबार

खुला_शौच हत्या