६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लिबियाली जलक्षेत्रबाट आप्रवासीको उद्धार

त्रिपोली – लिबियाली जलसैनिकले सोमबार मुलुकको पश्चिमी तटीय जलक्षेत्रबाट सयभन्दा बढी अवैध आप्रवासीलाई उद्धार गरेको छ । जलसैनिकका प्रवक्ता अयुब क्वासमका अनुसार जलसैनिकले सब्राथा जलक्षेत्रबाट करिब २७ किलोमिटर टाढा रबरको डुंगामा सवार १ सय ८ जना आप्रवासीलाई उद्धार गरेको थियो ।

उद्धार गरिएकामा अरब र अफ्रिकी मुलुकका नागरिक रहेका छन् जसमा १३ जना महिला र आठजना बालबालिका रहेका छन् । प्रवक्ता क्वासमले उद्धार गरिएका आप्रवासीको सामान्य स्वास्थ्य परीक्षण पश्चात् अध्यागमन कार्यालयमा बुझाइएको जानकारी दिएका छन् ।

युरोप प्रवेश गर्न चाहने आप्रवासीले भूमध्यसागर पार गर्न लिबियाको बाटो रोज्ने गरेका छन् । निकै जोखिमपूर्ण यस जलक्षेत्रमा परेर बर्सेनि ठूलो संख्यामा आप्रवासीको मृत्युसमेत हुने गरेको छ ।

राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगको कार्यालयले गत साता लिबियाको पश्चिमी तटीय क्षेत्रमा ४० जना सवार एउटा डुंगा दुर्घटना भएको र त्यसमा सवार सबै बेपत्ता भएको जनाएको छ ।

 

प्रकाशित: १८ भाद्र २०७६ ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App