९ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमाथि थप प्रतिबन्ध लगाउने पाकिस्तानको तयारी, कुन-कुन क्षेत्रमा लगाउँदैछ प्रतिबन्ध?

काठमाडौं - नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको प्रशारित क्षेत्र कश्मीरमाथि गरेको निर्णय पछिको अवस्थालाई मध्येनजर गरी पाकिस्तानले भारतमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ । कश्मीर निर्णयलाई लिएर तनावको सुरुवात गरेको भन्दै त्यसको हिसाब किताबसहित अन्त्य गर्ने पाकिस्तानको भनाइ छ।

उक्त निर्णयपछि दुवै देशबिचको सम्बन्धमा ठुलै दरार परेको छ। पाकिस्तानी विज्ञान तथा प्रविधि मन्त्री फवाद हुसैन चौधरीले भारतका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने तयारी भइरहेको सञ्चार माध्यमलाई बाएका छन्।

उनका अनुसार पाकिस्तानले आफ्नो हवाई क्षेत्र पूर्ण रुपले भारतका लागि बन्द गर्ने विषयमा विचार भइरहेको र कानुनी प्रक्रिया पूरा भएलगत्तै कार्यान्वयनमा आउने छ।यस्तै भारतले अफगानिस्तानसँगको व्यापारका लागि पाकिस्तानी जमिन प्रयोग गर्ने गरेको र त्यसमा पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ।

मन्त्री फवाद चौधरीले भनेका छन्, ‘प्रधानमन्त्री इमरान खानले भारतका लागि पाकिस्तानी हवाई क्षेत्र पूर्ण रुपले प्रतिबन्धित गर्ने विषयमा विचार गरिरहनु भएको छ । योसँगै अफगानिस्तानसँगको व्यापारका लागि भारतले पाकिस्तानी रुटको प्रयोग गर्ने गरेको छ र यसमा पनि प्रतिबन्ध लगाउने तयारी भएको छ । केही कानूनी औपचारिकता बाँकी छन्। यो निर्णय विचाराधीन छ । नरेन्द्र मोदीले सुरु गरेको प्रक्रिया हामीले अन्त्य गर्नेछौँ।’ प्रतिबन्धका लागि कानूनी प्रक्रिया पूरा गर्ने काम भइरहेको र चाँडै नै औपचारिक रुपमा घोषणा हुने उनको भनाइ छ।
 

प्रकाशित: ११ भाद्र २०७६ ०७:५८ बुधबार

नरेन्द्र_मोदी कश्मीर प्रतिबन्ध