१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रतिबद्धता पुरा गर्न नसकेकोमा क्षमायाचना

सोल – आफ्नो कार्यकालमा न्यूनतम पारिश्रमिक प्रतिघण्टा १० हजार वन ( अर्थात् ८.४८ अमेरिकी डलर) पु¥याउने प्रतिबद्धतालाई पूरा गर्न नसकेको भन्दै दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले आइतबार सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्।

राष्ट्रपति मुनले नीति निर्माणसम्बन्धी आफ्ना सेना प्रमुख किम साङ–जोमार्फत सार्वजनिक गरेको सन्देशमा दक्षिण कोरियाली जनतासँग माफी मागेका छन्। ‘राष्ट्रपतिका हैसियतमा मलाई निकै अफसोच लागेको छ किनकी मैले दक्षिण कोरियाली जनतासँग वाचा गरेअनुसार मुलुकको न्यूनतम पारिश्रमिकको लक्ष्यलाई पूरा गर्न सम्भव भएन,’ राष्ट्रपति मुनलाई उद्धृत गर्दै साङ–जोले बताए।

यसवर्ष दक्षिण कोरियाको आर्थिक वृद्धिदर यस दशकमा नै सबैभन्दा कम भएकोले न्यूनतम ज्याला दर प्रतिघण्टा १० हजार कोरियन वन पु¥याउने लक्ष्यसहितको नीति असफल भएको बताइएको छ।

साङ–जोले आइतबार चेओङ वा दायको न्यूनतम पारिश्रमिक निर्धारणप्रतिको जिम्मेवारीबारे पत्रकाररुलाई जानकारी गराएका हुन्। गत साता श्रम तथा व्यापार प्रतिनिधि र विज्ञहरुको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा भएको मतदानले दक्षिण कोरियामा अर्को वर्षदेखि लागू हुनेगरी २.९ प्रतिशत पारिश्रमिक वृद्धि गरेको थियो। पछिल्लो प्रावधान अनुसार अब दक्षिण कोरियाको न्यूनतम पारिश्रमिक प्रतिघण्टा आठ हजार ५९० वन कायम हुनेछ। दक्षिण कोरियाले सन् २०१९ का लागि गत वर्ष १०.९ प्रतिशत पारिश्रमिक वृद्धि गरेको थियो।

यसवर्ष दक्षिण कोरियाको आर्थिक वृद्धिदर यस दशकमा नै सबैभन्दा कम भएकोले न्यूनतम ज्याला दर प्रतिघण्टा १० हजार कोरियन वन पु¥याउने लक्ष्यसहितको नीति असफल भएको बताइएको छ। राष्ट्रपति मुनको पाँच वर्षे कार्यकाल सन् २०२२ को मे महिनामा सकिँदै छ। चेओङ वा–दायका सहयोगीहरुसँग राष्ट्रपति मुनले ‘मुलुकको आर्थिक, रोजगारी र बजारको ग्रहणशीलताको अवस्थालाई मध्यनजर गर्दै न्यूनतम पारिश्रमिक आयोगले कठिन निर्णय लिएको’ बताएका थिए। मुनले मतदानबाट निर्णय लिइनु पहिले केही संवेदनशील विषयमा आफ्नो धारणाका वाबजुद पनि लचकता अपनाउन सकिने संकेत पनि गरेका थिए।

 

प्रकाशित: ३० असार २०७६ ०३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App