५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायत जान २० हजार चिनियाँ विद्यार्थीको आवेदन

बेइजिङ – बेलायती विश्वविद्यालयमा अध्ययनका लागि चीनका १९ हजार ७६० जनाले आवेदन दिएका छन्। आवेदन दिनेको यो संख्या अघिल्लो वर्षको भन्दा ३० प्रतिशत बढी भएको ‘चाइना डेली’ले शनिबार लेखेको छ। बेलायती विश्वविद्यालयमा अध्ययनका लागि उत्तरी आयरल्यान्डबाट भन्दा चीनबाट बढी विद्यार्थीको आवेदन परेको यो पहिलो पटक भएको बताइएको छ।

उत्तरी आयरल्यान्डबाट १८ हजार ५२० मात्र विद्यार्थी आउने अपेक्षा गरिएको कलेज तथा विश्वविद्यालयका प्रशासन स्रोतलाई उद्धृत गर्दै पत्रिकाले जनाएको छ। त्यसैगरी युरोपियन युनियनआवद्ध देशहरुबाट पनि विद्यार्थी अध्ययनको क्रममा बेयलायत जाने क्रम बढेको अधिकारीले जनाएका छन्।

 

प्रकाशित: २९ असार २०७६ ०२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App