७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लेबनानबाट सिरियाली शरणार्थी फर्के

बेरुत- लेबनानबाट ९ सय भन्दा बढी सिरियाली शरणार्थी बिहीबार आ –आफ्नो घर  फर्केका छन्। लेबनानको राजधानी बेरुतसहित सिडोन र बेकाआबाट ती शरणार्थीहरु फर्केका यहाँको स्वतन्त्र पत्रिका एल्नासराले जनाइएको छ।

लेबनानी सेनाको निरीक्षणमा ती शरणार्थीहरु फर्केका बताइएको छ। फर्केका ती शरणार्थीहरुको नामावली संयुक्त राष्ट्र संघीय शरणार्थी उच्च आयोग (युएनएचसिआर) ले सिरियामा रहेका युएनएचसिआरको शाखा कार्यालयलाई जानकारी दिएको छ।

ती शरणार्थीहरुलाई कुनै प्रकारको सहयोगको आवश्यता परेमा सो सिरियामा रहेको युएनएचसिआरको कार्यालयले सहयोग गर्ने बताइएको छ। लेबनानमा शरणार्थीको रुपमा दर्ता भएका सिरियाली शरणार्थीको सरकारको अनुमानित सङ्ख्या ९ लाख ७६ हजार रहेको युएनएचसिआरले जनाएको छ ।  तर लेबनानमा १५ लाख सिरियाली शरणार्थी रहेका छन्।
 सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो। सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो।

उक्त गृहयुद्धमा अलकायदा र इस्लामिक स्टेट्स (आइएस) जस्ता आतङ्ककारी समूह हाबी हुदै गयो। उक्त आन्दोलनमा परी सन् २०११ देखि हालसम्म ३ लाख ७० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसेकेको छ। लाखौ व्यक्ति घाइते भएका छन् भने लाखौ देशभित्र र छिमेकी देशका शरणार्थीको जीवन यापन गरिरहेका छन् । सिन्ह्वा

प्रकाशित: २६ असार २०७६ १२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App