२ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टिकटकले लियो २२ वर्षे युवकको ज्यान

कर्नाटकः भनिन्छ, हरेक कुराको एउटा सिमा हुन्छ। सिमा मै रहेर काम गर्दा जुनसुकै काम पनि सफल हुन्छ तर त्यहीं सिमा पार गर्न खोजिएको खण्डमा हाम्रो सानो गल्तीले पनि ज्यान जान सक्छ।

यस्तै, सानो गल्तीका कारण भारतमा एक जना युवकले ज्यान गुमाएका छन्। यो घटना, जुन १८ मा कर्नाटक शहरको तुमकुरु जिल्लामा घटेको हो। २२ वर्षे युवक कुमारले चर्चित मनोरञ्जन एप ‘टिकटक’को लागि भिडियो बनाइरहेका थिए। उक्त भिडियोमा साथीको हातमा टेकि उफ्रेर खुट्टाले भुईमा टेक्नु पर्थो।

त्यसैबेला टाइमिंग बिग्रिएर टाउकोको बलमा टेक्न पुग्दा घाँटी भाच्चिएर ती युवकलाई अस्पताल लगिएको थियो। अस्पतालमा ८ दिनसम्म मृत्युसँग लडिरहेका युवकले अन्तत ज्यान गुमाए।

प्रकाशित: १२ असार २०७६ ०७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App