१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमा शक्तिशाली भूकम्पः १२ जनाको मृत्यु, १ सय २५ घाइते

चेङ्दु - चीनमा गएको शक्तिशाली भूकम्पमा परी १२ जनाको मृत्यु भएको छ भने १ सय २५ जना घाइते भएका छन्। चीनको उत्तरपूर्वी सिचुआन प्रान्तमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको चिनीया सञ्चार माध्यमले जनाएका छन्।

समाचारअनुसार राति १० बजेर ५५ मिनेटमा भूकम्प गएको हो। अधिकांशको मृत्यु घरहरु भत्किँदा भएको हो। घाइतेमध्ये ५३ जनाको अस्पतालमा उपचार भइरहेको समाचारमा जनाइएको छ। जसमध्ये २ जनाको अवस्था गम्भीर छ। अझैं उद्दार कार्य जारी छ।

प्रकाशित: ३ असार २०७६ ०३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App