१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मोदीलाई पाकिस्तानी प्रधानमन्त्री इमरानको पत्र

काठमाडौं - भारत पाकिस्तान विवादको वार्ताबाटै समाधान गर्नुपर्नेमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जोड दिएका छन्। दोस्रो पटक भारतको प्रधानमन्त्री बनेका समकक्षी नरेन्द्र मोदीलाई कश्मिर विवाद लगायतका मुद्धा वार्ता र छलफलबाटै टंग्याउनुपर्नेमा जोड दिएको दुबै देशका सञ्चार माध्यमहरुले जनाएका छन्।

इमरानको तर्फबाट पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भारतीय समकक्षी एस जयशंकरलाई पत्रमार्फत बधाई दिँदै आफूहरु वार्ताको पक्षमा रहेको बताएका हुन्। सबै समस्या वार्ताबाट समाधान गर्नुपर्ने भन्दै आफूहरु शान्ति कायम गर्न प्रतिवद्ध रहेको जनाएका छन्।

गत फेबु्रअरीमा भएको पुलवामा हमलापछि दुबै देशबीच तनाव उत्पन्न भएको थियो। यस अघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विजयी भएपछि मोदीलाई फोन गरेर पनि बधाइ दिएका थिए।

 

 

प्रकाशित: २५ जेष्ठ २०७६ ०३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App