७ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

निर्वाचन प्रक्रियाको सम्मान गर्न भाजपाको विपक्षीसमक्ष आग्रह

नयाँ दिल्ली – भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले विपक्षीहरुलाई निर्वाचन प्रक्रियाको सम्मान गर्न आग्रह गरेको छ। विभिन्न सात चरणमा सम्पन्न भएको भारतको तल्लो सदन लोकसभा निर्वाचनको मतदान प्रक्रिया सम्पन्न भएपछि जारी भएका विभिन्न एक्जिट पोलले भाजपाको गठबन्धनले बहुमत ल्याउने र नयाँ सरकार गठन गर्ने देखाएपछि उसले सबै विपक्षीलाई ‘स–सम्मान पराजय स्वीकार गर्न’ आग्रह गरेको हो।

सत्तारुढ भाजपा एक्जिट पोलको नतिजालाई लिएर खुसी भइरहेको समयमा उता विपक्षी पार्टीहरुले भने त्यस्ता सर्वेक्षणलाई अस्वीकार गरिरहेका छन्। उनीहरुले निर्वाचनमा धाँधली भएको हुनसक्ने तर्फ पनि प्रश्न उठाएको बिबिसीले उल्लेख गरेको छ। मंगलबार इलेक्ट्रोनिक भोटिङ मेसिनलाई तोडमोड गरिएको आरोप लगाउँदै सामाजिक संजालमार्फत विभिन्न भिडियो सार्वजनिक भएसँगै भारतको राजनीति थप तातेको थियो।

इलेक्ट्रोनिक भोटिङ मेसिनमा तोडमोड गरिएको बारे कैयौं भिडियो सामाजिक संजालमार्फत बाहिरिएपछि विपक्षी दलका नेताहरुले देशको निर्वाचन आयोगका अधिकारीहरुसँग यस विषयमा छलफलसमेत गरेका छन्। उनीहरुले मतगणना प्रक्रियामा थप निष्पक्षताको माग गरेका छन्। उता, भाजपाले भने विपक्षीको शंकालाई अस्वीकार गरेको छ।

‘पश्चिम बंगालको दुई पटक मुख्यमन्त्री जित्दासम्म ममता बनर्जीका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन ठिक थियो। त्यसैगरी पञ्जाबको मुख्यमन्त्री बन्नेबेला अमरिन्दर सिंहलाई पनि सो मेसिन ठिक थियो। उनीहरुले जिते मेसिन ठिक यदि उनीहरुको अनुमानविपरीत हामीले जित्ने देखिए मेसिनमा गडबडी भयो भन्ने ?

‘पश्चिम बंगालको दुई पटक मुख्यमन्त्री जित्दासम्म ममता बनर्जीका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन ठिक थियो। त्यसैगरी पञ्जाबको मुख्यमन्त्री बन्नेबेला अमरिन्दर सिंहलाई पनि सो मेसिन ठिक थियो। उनीहरुले जिते मेसिन ठिक यदि उनीहरुको अनुमानविपरीत हामीले जित्ने देखिए मेसिनमा गडबडी भयो भन्ने ? हामीले यसपटक जित्दै छौं किनभने यस देशका जनताले पुनः एक पटक नरेन्द्र मोदीलाई प्रधानमन्त्रीका रूपमा हेर्न चाहेका छन्। विपक्षीका यस्ता आरोपको भाजपा निन्दा गर्छ र उनीहरुलाई हार स्वीकार गर्न आग्रह पनि गर्दछ,’ कानुनमन्त्री रवि शंकर प्रसादले बताए।

विपक्षी दलका यस्ता आरोपछि विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र रहेको देश भारतमा निर्वाचनपछि विभिन्न प्रश्न उठेका छन्। यस्ता आशंकाले निर्वाचन आयोगको कामकारबाहीप्रति पनि प्रश्न उठेको बताइएको छ। निर्वाचनको मत परिणाम बिहीबार सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ। मत परिणाम सार्वजनिक हुनुपूर्व नै सत्तारुढ र विपक्षी दलबीच भएको वाक्युद्धका कारण देशको निर्वाचन आयोगले शृंखलाबद्ध रूपमा विश्वासको आधार दिलाउने खालका विज्ञप्तिहरु सार्वजनिक गर्न परिरहेको छ।

विपक्षी दलहरुले देशको निर्वाचन आयोगले इलेक्ट्रोनिक भोटिङ मेसिनमा हुने तोडमोडबारेको भ्रम हटाउने खालको संयन्त्र बनाउन अझै बाँकी रहेको बताएका छन्।
निर्वाचन आयोगले भने यस्ता आरोपको खण्डन गरिरहेको छ। उसले देशका विभिन्न क्षेत्रमा मेसिनलाई तोडमोड गरिएको भन्ने आरोपलाई पनि खारेज गरेको छ। उत्तर प्रदेशका गाजियापुर निर्वाचन क्षेत्रमा विपक्षी बहुजन समाज पार्टीका उम्मेदवारले इलेक्ट्रोनिक भोटिङ मेसिन राखिएका कोठाबाहिर प्रदर्शन गरेका छन्। उनले भोटिङ सुरु हुनुपूर्व नै मतदान गरिएका ती भोटिङ मेसिनलाई परिवर्तन गर्न खोजिएको आरोप लगाउँदै प्रदर्शन गरेका हुन्। यद्यपि स्थानीय अधिकारीहरुले भने उनको आरोप आधारहीन भएको भन्दै अस्वीकार गरेका छन्। अप्रिल ११ बाट सुरु भएको लोकसभा निर्वाचन मे १९ मा समापन भएको थियो। लोकसभा निर्वाचनको मत गणना बिहीबारबाट सुरु हुने र सम्भव भएसम्म बिहीबार नै अन्तिम मत परिणाम पनि सार्वजनिक हुने बताइएको छ।

प्रकाशित: ९ जेष्ठ २०७६ ०५:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App