९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानका सत्ताधारीले त्यो पत्र पाएको भए पाकिस्तान टुक्रिदैन्थ्यो

भारतमा १७ औँ लोकसभाको निर्वाचन हुँदै छ। यो निर्वाचनलाई गत पाँच वर्षसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सरकारले अख्तियार गरेको नीति र त्यसको आलोचनको आलोकबीच रहेर विश्लेषण गरिएको छ।

मोदी सरकारले लिएको नीति जनतामाझ अनुमोदन हुन्छ अथवा उनले लिएको आन्तरिक नीति र बाह्य नीतिविरुद्ध जनमत के छ भन्ने विषयमा यो निर्वाचनले प्रस्ट धारणा राख्ने विश्लेषकहरुको मत छ।

खास गरी देशमा साम्प्रदायिक भड्काव निम्त्याएको आरोप लागेको मोदी सरकार र उनको नीतिलाई मिहिन ढंगले हेर्दै गर्दा इतिहासकार रामचन्द्र गुहाको एउटा आलेख महत्वपूर्ण लाग्छ।

यसका अलावा बहुसांस्कृतिक र बहुभाषिक समुदायको बसोबास रहेको भारतमा वर्तमान सरकारले हिन्दी भाषाको प्रभुत्वलाई स्थापना गर्ने प्रयास पनि गरेको विश्लेषक बताउँछन्। भारतीय विश्लेषकलाई विश्वास गर्ने हो भने मोदीलाई हालको निर्वाचनमा हिन्दी भाषिक क्षेत्रको निर्वाचनमा पुनः निर्वाचित हुन जति सहज छ, त्यो अन्य क्षेत्रजस्तो केही मुश्किल छ।

भारत स्थापनकालमा पनि साम्प्रदायिकताको विषय प्रधान मुद्दाको रुपमा आएको थियो। केही समय भाषिक विषयले भारतीय राजनीतिमा महत्व नपाए पनि सन् २०१४ मा भाजपा नेतृत्वको केन्द्रीय सरकार गठनपछि यो विषयले पनि प्रधानता पाएको विश्लेषण हुने गरेको छ। भारत स्थापनाकालका समयका नेताले यो विषयलाई कसरी सम्बोधन गरेका थिए भन्नेबारे गुहाको आलेख

माइक्रो फिल्ममा पुरानो पत्रिका पढ्नुको मज्जा बेग्लै हुन्छ। यसमा पत्रिका पढ्दा प्राप्त हुने आकस्मिक लाभ यसको एउटा फाइदा हो। महात्मा गान्धीका विषयमा उनी १९४७ तिर कलकत्ता बस्दा उनीबारे एक अन्जान भारतीयले लेखेको अभूतपूर्व चिठी मैले पत्रिकामा पढ्ने अवसर पाएँ। एमएस अलीले लेखेको सो पत्र अगस्ट १२, १९४७ को ‘द स्टेटम्यान’ मा प्रकाशित भएको रहेछ।

सर, पाकिस्तान राज्यमा पाँच प्रान्त हुनेछ, जहाँ आफ्नै भाषा हुनेछन्। यीमध्ये बंगाली अरुको तुलनामा उन्नत भाषा हो। बंगालीको शब्दकोश पनि अरु भाषाको भन्दा लचक छ, जसको तुलनामा अन्य भाषा खासै दमदार छैनन्,’ सो पत्रमा भनिएको थियो।

उर्दू उन्नत किसिमको भाषा भए पनि यो आम मानिसको भाषा होइन। भारत र पाकिस्तानका मानिसहरु यो भाषा सहजै बोल्दैनन्। यो भाषाको प्रयोग भारतका उत्तर–पश्चिमका मुस्लिम समुदायका शिक्षित मानिसले बढी प्रयोग गर्छन्।

त्यसैले यो पाकिस्तानको राष्ट्रिय भाषा बनाउनु हुँदैन र पाकिस्तानी विश्वविद्यालयमा पठनपाठनको माध्यम पनि बनाइनु हुँदैन। विदेशी र भारतीय भाषाहरु पाकिस्तानका प्रान्तीय भाषा भएको अवस्थामा त्यो भाषा बोल्ने मानिसको पकड अरु मानिसको भन्दा बढी हुन जान्छ। जसले पाकिस्तानको बृहतर विकासमा बाधा पु-याउँछ।

मेरो विचारमा प्रत्येक प्रान्तमा फरक फरक भाषाका विज्ञ सम्मिलित एक संयन्त्र निर्माण गर्नुपर्छ। जसले अन्तरप्रान्तीय पत्रव्यवहार र अन्य सम्बन्धित विषयमा समन्वय गर्नुपर्छ। विज्ञ सम्मिलित यो संयन्त्रले भाषिक कठिनाइ हल गर्नुपर्छ। प्रान्तमा जस्तै केन्द्रमा पनि यस्तै प्रकृतिको संयन्त्रको निर्माण हुनुपर्छ। यसले गर्दा सरकारले आफ्नै हिसाबमा कुनै भाषालाई अपनाउनबाट रोकोस्। कथंकदाचित् कुनै एक भाषालाई पाकिस्तानको केन्द्र सरकारले बढावा दिने स्थिति आयो भने त्यो अंग्रेजी मात्र हुनुपर्छ।’

गान्धीलाई यो पत्र लेख्ने बंगाली भाषी मुस्लिम थिए। उनले भारत र पाकिस्तान छुट्टिए पनि पाकिस्तानको पूर्वी प्रान्तमा बस्न चाहन्थे। यो पत्रले पुरातनवादी बंगाली संवेदना मात्रै बोक्दैन थियो। अलीलाई पाकिस्तानका अरु प्रान्तमा पनि प्रान्तीय प्रभुत्व सहितको भाषा हुने थाहा भएको हुनुपर्छ, जसमा उर्दू पर्दैनथ्यो। पञ्जाबका बासिन्दाले पञ्जाबीलाई नै सरकारी कामकाजको भाषा बनाउने तय नै थियो भने सिन्धीहरुले सिन्धी नै।

पाकिस्तानका संस्थापकले यो कुरा सुनेनन्। पाकिस्तानलाई भारतबाट अलग्याउन मुख्य भूमिका खेलेका महमद जिन्ना चाहन्थे, नयाँ बन्ने मुलुकमा एउटा मात्रै धर्म र भाषा होस्।

यसैगरी पाकिस्तानको उत्तरपश्चिम प्रान्तमा ‘पास्तो’ बोलिने भएकाले त्यहाँ पनि अन्य भाषाका तुलनामा पास्तोले नै प्राथमिकता पाउनेवाला थियो। बलुचिस्तानमा ‘बलुची’ भाषा नै। त्यसैले अलीको माग थियो, सबै भाषाको प्रवद्र्धन होस् र संरक्षण पनि होस्। उनी चाहन्थे, तत्कालीन समयका पाकिस्तानी नागरिक र भावी पुस्तालाई विदेशी भाषा जस्तो लाग्ने उर्दू भाषा पाकिस्तानीमाथि नथोपरियोस्।

यो समवेदना सम्मानयोग्य त थियो नै, त्यसका साथै यो दूरदृष्टि पनि यसमा थियो। तर पाकिस्तानका संस्थापकले यो कुरा सुनेनन्। पाकिस्तानलाई भारतबाट अलग्याउन मुख्य भूमिका खेलेका महमद जिन्ना चाहन्थे, नयाँ बन्ने मुलुकमा एउटा मात्रै धर्म र भाषा होस्।

जिन्ना पश्चिमा राष्ट्र निर्माणको प्रक्रियाबाट प्रभावित भएका हुन सक्थे। निश्चित क्षेत्रमा बसोबास गरेका मानिसलाई जबरजस्ती पाकिस्तानमा मिलाउने काम भयो। प्रकारान्तरमा उनीहरुलाई एउटै भाषा र साझा धर्म मान्ने मानिसका रुपमा रुपान्तरण गरियो। जिन्नाका तुलनामा उनका भारतीय प्रतिस्पर्धी गान्धीले फरक तरिकाको राष्ट्र निर्माणको प्रक्रिया अपनाए।

गान्धीले धार्मिक र भाषिक विविधतासहितको पहिचानमूलक राष्ट्र निर्माण गर्ने नीति लिए। एउटा मात्रै भाषा र धर्म मान्ने मानिस आफ्नो नागरिकका रुपमा स्वीकार गर्नबाट इन्कार गरे।

नयाँ राष्ट्र पाकिस्तान स्थापना भएको ६ महिनापछि त्यहाँका गर्भनर र जनरल पूर्वी भागको भ्रमणमा निस्किए। सन् १९४८ मार्च २१ मा ढाकामा आयोजित एक सभालाई सम्बोधन गर्दै जिन्नाले भने, ‘यो प्रान्त र समग्र रुपमा पाकिस्तानमा उर्दू वा बंगालीमध्ये कुन भाषा प्रयोग गर्ने भन्ने विषयमा पछिल्लो समय गहन छलफल भइरहेको छ। यो विषयसँग सम्बन्धित मैले के कुरा पनि सुन्ने गरेको छु भने केही राजनीतिक अवसरवादीले प्रशासनलाई लज्जित पार्न ढाकामा रहेका छात्रा प्रयोग गर्ने प्रयास हुँदै छ।’

जिन्नाले थपे, ‘पाकिस्तान र तपाईंहरुको प्रान्तमा अझै पनि खतराका संकेतहरु देखापरिरहेका छन्। पाकिस्तानलाई बलियो राज्यका रुपमा स्थापना गर्न असफल भएको खण्डमा दुश्मनले हामीलाई विखण्डन गर्ने प्रयास गरिरहेका छन्। उनीहरु पाकिस्तानका मुस्लिमहरुमा खटपट ल्याउन चाहन्छन्। यो पाकिस्तानमा प्रान्तीयवाद स्थापना गर्ने चेष्टासहित आएको हो।’

भाषा सम्बन्धमा थप बोल्दै जिन्नाले भने, ‘बंगाली यो प्रान्तको सरकारी कामकाजको भाषा हुने वा नहुने भन्ने विषयमा यस प्रान्तको निर्वाचित सरकारका प्रतिनिधिले निर्णय गर्नेछ। भाषासम्बन्धी विषयमा यहाँका बासिन्दाले उपयुक्त समयमा सही निर्णय लिनेछन् भन्ने मलाई विश्वास छ। बंलागी भाषा हाम्रो राष्ट्रिय भाषा हुँदा हाम्रो दिनचर्या प्रभावित हुन्छ भन्ने जुन खालको अफवाह फैलाइएको छ त्यसमा कुनै सत्यता नभएको कुरा म यहाँहरुसमक्ष स्पष्ट पार्न चाहन्छु। मैले यति भन्दै गर्दा पनि कुन भाषालाई आफ्नो प्रान्तको सरकारी भाषा बनाउने भन्ने विषय यहाँका बासिन्दाको निर्णयमा भरपर्ने कुरा हो।’

राष्ट्रको एक आधिकारिक सरकारी भाषाबिना कुनै पनि राष्ट्र एकत्रित हुन सक्दैन। त्यसैले जहाँसम्म पाकिस्तानको राष्ट्रिय भाषाको कुरा छ, त्यसमा उर्दू नै हाम्रो राष्ट्रिय भाषा हुनेछ।’ यसको अर्थ जिन्नाको पाकिस्तानमा सरकारी कामकाज, शिक्षा, रोजगार, व्यवसाय लगायत उर्दू भाषाको प्रयोग हुने निश्चित भयो।

बंगाली मानिसका लागि उनीहरुको भाषाले कस्तो प्रभाव राख्छ भन्ने कुरालाई जिन्नाकै धारणाले पनि प्रस्ट पार्छ। जिन्ना थप्छन्, ‘म तपाईहरुलाई एउटा कुरा भन्न चाहन्छु, पाकिस्तानको राष्ट्रिय भाषा अरू होइन, उर्दू नै हुन्छ। यो निर्णयविरुद्ध जाने जो प्रयास गर्छ ऊ पाकिस्तानको सत्रु हुनेछ।

राष्ट्रको एक आधिकारिक सरकारी भाषाबिना कुनै पनि राष्ट्र एकत्रित हुन सक्दैन। त्यसैले जहाँसम्म पाकिस्तानको राष्ट्रिय भाषाको कुरा छ, त्यसमा उर्दू नै हाम्रो राष्ट्रिय भाषा हुनेछ।’ यसको अर्थ जिन्नाको पाकिस्तानमा सरकारी कामकाज, शिक्षा, रोजगार, व्यवसाय लगायत उर्दू भाषाको प्रयोग हुने निश्चित भयो। बंगाली समुदायमाथि पनि उर्दूको लादिने निश्चित भएको थियो। जिन्नाले भाषा प्रतिको आफ्नो पागलपन प्रदर्शन गरेका थिए।

भर्खरै स्थापना भएको उनको नयाँ राष्ट्रले नागरिकताका लागि केही निश्चित राष्ट्रिय प्रावधान नबनाएको खण्डमा राष्ट्र विखण्डन हुन सक्ने खतरा उनीसामु थियो। त्यसैले उनी चाहन्थे पाकिस्तान एक मुस्लिम राष्ट्र होस्, जसको राष्ट्रिय भाषाका रुपमा उर्दू नै होस् भन्ने।

अर्कोतर्फ गान्धीलाई नै पछ्याउँदै नेहरूले नागरिकताका लागि एक विशाल सोच अघि ल्याए। भारतलाई राष्ट्रको रुपमा परिचय गराउन निश्चित धर्मको पालना गर्नुपर्ने कुनै बाध्यता थिएन।

साथै भारतमा बोलिने विविध भाषाहरुलाई उचित स्थान दिन पनि भारतलाइ कुनै गाह्रो थिएन। हिन्दू राष्ट्र नहुने नै भए पनि समग्र भारतमा एक भाषा एक धर्मको भारी जनतालाई नलादिने निश्चित भयो। भारतमा कुनै एक मात्र भाषा राष्ट्रिय भाषा नभई सबै भाषा र संस्कृतिलाई प्रोत्साहन र प्रवद्र्धन गरिने भयो।

बंगाली भाषाको सट्टा उर्दूलाई बढावा दिइएकै कारण नै सम्भवतः तत्कालीन पूर्वी पाकिस्तान छुट्टिन पुग्यो। अन्ततोगत्वा पाकिस्तानबाट पूर्वी पाकिस्तान अलग भई स्वतन्त्र देशका रुपमा बंलादेश बन्यो। जिन्नाले भनेका थिए, ‘कुनै एक भाषा नभएको अवस्थामा देश अखण्ड र प्रभावकारी रहन सक्दैन।’

तर परिस्थिति उनले भनेभन्दा फरक भयो। एक भाषालाई नै राष्ट्रिय भाषामा परिणत गर्दा पाकिस्तान टुक्रिन पुग्यो। पाकिस्तानका तत्कालीन सत्ताधारीले एमएस अलीको पत्र पढ्ने मौका पाएको भए पाकिस्तान नटुक्रिन सक्थ्यो भने बंलादेश एक स्वतन्त्र देशको रुपमा स्थापना हुने सम्भावना न्यून हुने थियो।

राष्ट्रिय स्वयंसेवक दल (आरएसएस) राष्ट्रियतासँग सम्बन्धित विचार जिन्ना विचारको प्रतिलिपि हो। उनीहरुलाई भारतीय हुनु भनेको हिन्दू हुनु हो र एक सच्चा भारतीय हुन हिन्दी भाषाको प्रयोग गर्नु हो। आरएसएसका प्रमुखले हिन्दुत्वका विषयमा सार्वजनिक रुपमा विचार अभिव्यक्ति दिँदै हिँड्छन् भने उनका कार्यकर्ता गैरहिन्दूलाई सडकमै आक्रमण गर्दै हिँड्छन्।

यस्तै सत्तामा रहेको भारतीय जनता पार्टी पनि अन्य भाषाभन्दा हिन्दी भाषाको प्रचारमा रहेको पाइन्छ। तर भारतका अधिकांश जनता एमएस अलीले पाकिस्तानका विषयमा सोचेजसरी सोच्छन्। बहुजनको विश्वास उनीहरुले बोल्ने भाषाले व्यक्त गर्दैन।

प्रकाशित: २० वैशाख २०७६ ०९:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App