१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानी अर्थमन्त्री असद उमरद्वारा राजीनामा

एजेन्सी - पाकिस्तानका अर्थमन्त्री असद उमरले राजीनामा दिएका छन्। असदकाे राजीनामाबारे इमरान खानले फेसबुकबाट जानकारी दिएका छन्र।  

पाकिस्तानकाे मन्त्रिपरिद फेरबदलको चर्चासँगै मन्त्री असदले राजीनामा घोषणा गरेका बताइएकाे छ। 'मैले प्रधानमन्त्री इमरान खानबाट सहमति लिएरै पद छाड्ने निर्णय गरेको हुँ', उनले भनेका छन्। 

मन्त्री असदको यो निर्णय इमरान मन्त्रिपरिषद्‍ फेरबदलको पहिलो खुड्किलो मानिएको हो। प्रधानमन्त्री इमरानले असदलाई अर्थको साटो ऊर्जा मन्त्रालय सम्हाल्न भनेका थिए । तर उनले भने, 'मैले तत्काल कुनै पनि मन्त्रालय नलिने निर्णयसहित पद त्यागेको हुँ ।'

उमरले दिएको राजीनामा प्रधानमन्त्रीकहाँ पुगेको पुष्टि भएको छैन। तर उनको राजीनमा प्रम इमरानले स्वीकार्ने दाबी पाकिस्तानी सञ्चारमाध्यमले गरेका छन्। उमरको यो राजीजामा इमरानको पार्टी तेहरिक इ इन्साफमा देखिएको विवादको प्रकट भएको रुप भनिएको छ।

प्रकाशित: ५ वैशाख २०७६ १०:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App