६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

केन्याबाट १२ नेपाली युवती उद्धार

एजेन्सी - केन्याको  माेम्बासा भन्ने सहरबाट १२ नेपाली युवतीलाई प्रहरीले छापा हानी नियन्त्रणमा लिएकाे छ। माेम्बासकाे न्याली क्षेत्रकाे एक बारमा प्रहरीले छापा मारेकाे थियाे। 

प्रहरीकाे लामो अनुसन्धानपछि यौन धन्दा तथा मानव तस्करीमा संलग्न गिरोहलाई समाउन सफल भएकाे त्यहाँकाे प्रहरीले जनाएकाे छ। पक्राउ पर्ने नेपाली युवतीहरु तान्जानियासँग सीमा जोडिएको लुङ्गा–लुङ्गा नाकाबाट केन्यातर्फ तस्करी गरिएको प्रहरीको भनाइ छ ।

किन र कसरी ती नेपाली चेलीहरू त्यहाँ पुगे भन्ने विषयकाे अनुसन्धान भइरहेकाे केन्या प्रहरीले जनाएकाे छ।

प्रहरीले बारका सञ्चालकलाई पनि नियन्त्रणमा लिएको बताएकाे छ। पक्राउ बार सञ्चालकसँग क्यानाडेली राहदानी भए पनि उनी क्यानेडियन नभएको प्रहरीले बताएकाे छ।

 

प्रकाशित: १ वैशाख २०७६ १४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App