१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तान : उपराष्ट्रपतिमाथि सांघातिक आक्रमण, अंगरक्षकको मृत्यु

अफगानिस्तान - अफगानिस्तानका उपराष्ट्रपति अब्दुल राशिद दोस्तममाथि सांघातिक आक्रमण भएको छ ।  तालिवानले उपराष्ट्रपति दोस्तममाथि आक्रमण गरेकाे समाचार अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन्।  आक्रमणमा उनका एक अंगरक्षकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार बल्ख प्रान्तमा भएको आक्रमणमा दोस्तम भने बाँच्न सफल भएको छन् । गत जुलाईमा काबुल विमानस्थलमा भएको आत्मघाति आक्रमणमा पनि उनी बाँचेका थिए । दोस्तम अफगानिस्तानमा विवादित छविको नेता मानिन्छन् ।

उनीमाथि प्रतिस्पर्धी नेताहरुको अपहरणसँगै बलात्कार लगायतका आरोप छन् । दोस्तम सन् २०१४ देखि मात्रै राजनीतिमा लागेका हुन् ।

प्रकाशित: १७ चैत्र २०७५ ०६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App