१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानले सूचना लुकाएको भारतको आरोप

नयाँ दिल्ली - पाकिस्तानभित्र भारतीय लडाकु जेटहरुले गरेको आक्रमण क्षेत्रमा पत्रकार एवं सञ्चारमाध्यमलाई जान नदिएर पाकिस्तानले सूचना लुकाइरहेको भारतले शनिबार आरोप लगाएको छ । 

पाकिस्तानसँग लुकाउनका लागि पर्याप्त चिज भएकाले उसले पत्रकार र सञ्चारमाध्यमलाई भारतीय लडाकु विमानहरुले आक्रमण गरेको पाकिस्तानी क्षेत्रमा जान नदिएको भारतीय आरोप उल्लेख गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । 

सुरक्षा सरोकार देखाउँदै पाकिस्तानी सुरक्षा अधिकारीहरुले बिहीबार रोयटर्सका पत्रकारलाई भारतले आक्रमण गरेको भनेको उत्तरपूर्वी पाकिस्तानतर्फ जान दिएको थिएन । भारतले उत्तरपूर्वी पाकिस्तानस्थित मदरसा वा धार्मिक विद्यालय र विद्यालयका भवन वरपर रहेका समूहलाई लक्षित गरेर गत साता आफ्ना युद्धक विमानहरुले आक्रमण गरेको बताउँदै आएको छ । ‘आक्रमण गरिएको स्थलमा पाकिस्तानले पत्रकारहरुलाई जान नदिनुको अर्थ भनेको उसँग लुकाउनका लागि पर्याप्त चिज छ,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता राभिस कुमारले संवाददाताहरुसँग बताए । 

भारत सरकारले भनेजस्तै पाकिस्तानी भूमिमा गरिएको आक्रमण अत्यन्तै सफल भएको उनले पनि दोहोर्याए । उनले आक्रमणबाट भारतले चाहेजस्तो उपलब्धी हासिल गरेको र आक्रमण सफल भएको बताए । रोयटर्सले आफ्नो उच्च प्रविधिको क्यामेरामा कैद गरिएको तस्बिरमा मदरासामा केही नभएको जस्तो देखिएको छ नि भन्ने प्रश्नको जबाफ दिँदै प्रवक्ता राभिसले भारतले आक्रमणबाट आफ्नो उद्देश्यपूर्ति गरेको बताए । 

 

प्रकाशित: २६ फाल्गुन २०७५ ०४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App