१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनको आन्तरिक ऋणमा वृद्धि

बेइजिङ- सन् २०१८ को डिसेम्बरमा चीनको आन्तरिक ऋण १.०८ ट्रिलियन युआन (झण्डै एक खर्ब ६० अर्ब अमेरिकी डलर) पुगेको केन्द्रीय बैंकको मङ्गलबार सार्वजनिक तथ्याङ्कले जनाएको छ। यो गत बर्षको सोही महिनाको तुलनामा चार खर्ब ९९ अर्ब ५० करोड युआन बढी हो। 

यद्यपि सन् २०१८ को नोभेम्बरको तुलनामा नयाँ ऋण रकममा सामान्य कमी अर्थात् १.२५ ट्रिलियन यूआनबाट १.०८ ट्रिलियन युआनमा झरेको पिपुल्स बैंक अफ चाइना (पिबिओसी) ले जनाएको छ। एक ट्रिलियन बराबर दश खर्ब हुन्छ। 

मुद्रा आपुर्ति गर्ने मापदण्ड एम–२, जसले मुद्राप्रवाह र सम्पूर्ण निक्षेपको लेखाजोखा राख्छ, अघिल्लो बर्षको तुलनामा ८.१ प्रतिशत बढेर डिसेम्बरको अन्त्यसम्ममा १८२.६७ ट्रिलियन युआन पुगेको छ। 

एम–२ को वृद्धि अघिल्लो महिनामा रेकर्ड भएको आठ प्रतिशतभन्दा बढी हो भने एक बर्ष पहिले सोही समयको तुलनामा बराबर हो। 

मुद्रा आपूर्तिको अर्को मापदण्ड एम–१, जसले नगद प्रवाह र निक्षेपको मागको रेकर्ड राख्छ, एक बर्ष पहिलेकोे तुलनामा गत डिसेम्बरमा १.५ प्रतिशत वृद्धि अर्थात् ५५.१७ ट्रिलियन युआन बढी देखिएको छ। 

समग्रमा सन् २०१८ को नयाँ यूआनको ऋणमा अघिल्लो बर्षको तुलनामा २.६४ ट्रिलियन युआनले वृद्धि भई १६.१७ ट्रिलियन युआन पुगेको छ। सिन्ह्वा

प्रकाशित: २ माघ २०७५ ०४:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App